होम पेज » बिचार - साहित्य » अविभावक गुमाएकी नितुले, अविभावकको रुपमा पिपिओ धरान पाउँदा

असार २५, २०७९ – धरान १३ स्थित भारतीय पेन्सन अफिसको प्राङ्गाणमा भुतपूर्व सैनिक भेला भव्य चलिरहेको थियो । भेलालाई सम्बोधन गर्न भारतीय गोर्खा रेजिमेन्टका कर्णल अमित कुमार शर्मा प्रमुख अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रम सञ्चालन निर्धारित समय १०ः३० मै भएको थियो ।

कार्यक्रममा भारतीय भूतपूर्व सैनिकका आश्रित परिवारलाई प्रमुख अतिथि कर्णल शर्माको हातबाट उपहार वितरण गरिएको थियो । सोहि भिडमा पूर्व बिएसएफ हेड कन्स्टेबल स्व. प्रदिप थापाकी २२ वर्षीय छोरि नितु थापा मगर पनि उभिएकी थिइन । उनलाई उनको बाबाको निधन पश्चात पाउने नावालाक पेन्सनको भौचर प्रमुख अतिथिको हात वाहुलीबाट हस्तान्तरण गरिएको थियो । आफ्नो बाबाको पसिनाको प्रतिफल पाउँदा हर्षित जो कोहि हुन्छन नै तर उनको त्यो हर्ष विभोर भने बाबाको पसिनाको प्रतिफल मात्र नभएर उनको ठुलो संघर्षको प्रतिफल थियो । उनको कालो मास्कबाहिर देखिएको आँखाको डिलमा आँशु टिलपिल देखिए पनि उनले बलैले आँशु थामेर हर्षका साथ प्रमुख अतिथि कर्णल शर्मालाई धन्यवाद प्रकट गरेकी थिइन ।

पेन्सन भाैचर ग्रहण पश्चात कर्णल अमित कुमार शर्मालाइ धन्यवाद ज्ञापन गर्दै नितु

सिमा सुरक्षा बल (विएसएफ) मा हेड कन्स्टेबल पदबाट अवकाश लिएका प्रदिप थापा आफ्नो १७ वर्षकी छोरि नितुलाई २ वटी बहिनिको जिम्मेवारी काँधमा छोडेर मृत्युवरण गरेका थिए । आफ्नी धर्मपत्नीले ३ नावालाक छोरीलाई छोडि पहिले नै अर्को विहे गरे पनि उनले दोश्रो विहे गरेनन् । उनि ३ छोरीसँग बस्दै आएका थिए उनलाई सन २०१७ मा जन्डिस रोगले मृत्युवरण गराएपछि ३ नावालाक छोरिहरु बेसाहारा बने । आफ्नो बाबा गुमाउनुको पिडासँगै २ वटी बहिनि माथिको जिम्मेवारी बेहोर्नु परेको १७ वर्षीय नितुको संघर्ष अब सुरु हुन्छ । उनले आफन्तसँग सहयोगको याचना नगरेको भने होइन तर आफ्नै बडा बाउबाट पनि आधारभुत सहयोग नपाउँदा उनले एक्लै बाबाको पेन्सनको लागी संघर्ष गर्ने हिम्मत गरिन ।

बाबाको मृत्यु पर्यान्त आफु २५ वर्ष उमेर नकटेसम्म आफुले पेन्सन पाउँने प्रावधानको बारेमा राम्रै जानकार राखेकी नितु नर्थ बंगालमा अवस्थित बिएसएफ आइडीआईजि हेड क्वार्टर पुगिन र बाबाको सम्पुर्ण कागजपत्र बुझाइन । संघर्षको विभिन्न आरोहअवरोह पार गर्दै उनी अन्तत आजको ठिक एक महिना अघि उनि धरान १३ स्थित भारतीय पेन्सन अफिस (पिपिओ धरान) पुगीन र पेन्सन प्रक्रियाको लागी निवेदन पेश गरिन । उनले आशा मारिसकेर अन्तिम अस्त्रको रुपमा धरानलाई लिएर अघि बढेकी नितुले अन्तत सफलता हात पारिन । उनले १ महिना अघि निवेदन पेश गरेपछि निरन्तर पिपिओ धरानले आफुलाई खोजी गरि एक महिना मै आफुलाई बाबाको पेन्सन दिलाएको खुशी व्यक्त गर्छिन ।

पेन्सन भाैचर पाए पश्चात खुशी मुद्रामा नितु

विश्वयुद्ध जिते झै महसुस गरेकी छु, यो सम्पुर्ण सफलता पिपिओ धरानको रहेको बताउँदै नितु भावुक हुन्छिन । मेरो ५ वर्षको संघर्ष पश्चात आज मैले संघर्षको प्रतिफल पाएकी छु यसको श्रेय विषेश त पिपिओ धरानलाई नै जान्छ । बाबा वितेपछि मैले निकै कष्ट भोग्नु परेको छ, आफ्नो र बहिनिहरुको पढाई समानान्तर रुपमा बढाउनु र घर व्यवहार चलाउनु मेरो कर्तव्य बनेको थियो । कर्तव्य पुरा गर्नु भन्नु जस्तो सजिलो पटक्कै होइन तर भोग्नु परेपछि व्यहोर्नै पर्ने रहेछ । दुःखमा बास्तवमै सबै पराइ बन्ने निर्मम सत्य रहेको बताउँदै आफ्नो विगतको भोगाई स्मरण गर्दै भावुक बन्छिन नितु र भन्छिन अब मेरो अघि बढ्ने आधार बनेको छ ।

अब बाबाको पेन्सन पाउनु भएको छ के गर्नु हुन्छ ? भन्ने जिज्ञासामा नितु भन्छिन घर व्यवहार मिलाउनु छ मिलाउँछु मेरो पढाई पुरा गर्नु छ गर्छु र बहिनिहरुको पढाई पुरा गर्न सहज बन्ने छ । बि.एड दोश्रो वर्षमा अध्ययनरत नितु भन्छिन बाबाको पेन्सन मिलाउनु जस्तै बाबाले जोडेको जग्गा प्राप्तिको लागी पनि उतिकै संघर्षरत छु । यसको लागी लड्नु छ अब भने मलाई आर्थिक रुपमा सहज हुनेछ र मैले मेरो बाबाको पसिनाले जोडेको जग्गा प्राप्त गर्नेछु । कहिले हिम्मत नहार्ने नितु अझ हिम्मतीलो बन्दै भन्छि जग्गाको सवालमा पनि सबैले मलाई एक बनाएको छन तर म सत्यमा छु अवस्य मैले जित हात पर्नेछु ।

भारत सरकारको नियम अनुसार अवकास प्राप्त सैनिक आफ्नो बालबच्च नावालाक हुँदै मृत्युवरण गरेको खण्डमा मृतकको पेन्सन नावालाक बच्चाको नाममा सावालक हुन्जेल सम्म पाउने व्यवस्था छ । नियम अनुसार २५ वर्षको उमेर सम्म नितुले पाउने र नितुको उमेर २५ पुगेपछि उनको बहिनीको नाममा जाने उनले बताइन । पेन्सनको पहिलो भौचर आज प्राप्त गरेकी नितुले यहि २०२२ देखि पेन्सन पाउँदैछिन । बाबाको मृत्यु भएको २०१७ देखि हाल सम्मको पाउँदरको लागी भने पिपिओ धरानले नै प्रक्रिया अगाडी बढाइरहेको नितुले बताइन ।

माया मारिसकेको पेन्सन आज पिपिओ धरानले दिलाएको छ, तपाईलाई कस्तो महसुस भएको छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनि भन्छिन, अविभावक गुमाएकी म बेसाहाराले साँच्चै एक अविभावक पाएकी महसुस गरेकी छु । पिपिओ धरानले मेरो अविभावकत्व निभाएको छ । सुनेकी थिए अवकास प्राप्त सैनिकको मृत्यु पर्यान्त उनको सन्तानको हेरचाह सरकारले गर्छ भन्ने आज मैले महसुस गरेकी छु । पिपिओ धरान प्रति आभार प्रकट गर्दै उनि भन्छिन अविभावक विहिन म छैन आज आएर कुशल अविभावक पाएकी छु ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु