होम पेज » बिचार - साहित्य » गद्दार माधव नेपाल ! – खगेन्द्र संग्राैला
  • खगेन्द्र संग्राैला

श्रावण ०२, २०७८ – जस्ता विरल ख्वामित् केपी शर्मा ओली, उस्तै ओली सरका अनन्य अनुयायी महेश बस्नेत । खुबै भद्र, शिष्ट र शालीन । केपी सरको अनुहार महेशको अनुहार देखिने ऐना, मिस्टर महेशको अनुहार केपीको अनुहार झल्किने दर्पण । महेश केपीको हंसका अंश । केपी महेशका प्राण पियारा । केपी र महेशका देह दुई, आत्मा एक । तसर्थ हामी उस्तैउस्ता एक हौँ !

जब ओली सर घ्याच्च सत्ताच्यूत भए, मिस्टर महेश भए अतिशय मर्माहत । सत्ताच्यूत ओलीको शोकयुक्त फिर्ती सवारी सुरु भयो, बालुवाटार दरबारबाट घरबार बालकोटतिर । माथि सत्ताको शिखरबाट कतिकति तल धुलामा पछारिँदा ओलीको होस गुम भएछ क्यार । होस गुम भएका ओलीलाई मानौँ, म प्रधानमन्त्री नै छु भन्ने लागिरह्यो । सत्ताच्यूत ओली बडो शानले प्रधानमन्त्रीकै गाडीमा सवार भए । गाडीको दायाँ–बायाँ छ मोटरसाइकलको लम्बेतान लर्को र कतिकति गाडीको कत्रो ताँती ! गगनमण्डलमा गुञ्जायमान भइरहेछ बाजागाजासँगै ‘ओली जिन्दावाद’को तुमुल ध्वनि । यो तामझाम र रामरमिताका कुशल शिल्पी हुन् मिस्टर महेश बस्नेत । झट्ट हेर्दा लाग्छ मानौँ, कुनै घरानियाँ काजीको धुमधामसँग बिहा भइरहेछ । तर, प्रधानमन्त्रीको गाडीमा अशान्त मुद्रामा बसेका छन् सत्ताच्यूत केपी शर्मा ओली । गुत्थ, उद्विग्न र क्रुद्ध ।

०००

ओली सरको फिर्तीयात्रासँगै सुरु भयो भक्तिमार्गी महेश पुराण । अति शिष्ट र कर्णप्रिय । विवेकयुक्त र तर्कशील । कतै नटुुङ्गियोस् झैँ सुनुँसुनुँ लाग्ने । पुराणले भन्यो– मिलेमतोमा सर्वोच्चको फैसला भयो । देशी र विदेशी दुस्मनको मिलेमतोमा । हरियो घाँस खाए–खिलाएर । पुराणको बोलीमा मिलेमतोका माउ कर्ता सर्वोच्चका प्रमुख श्रीमान् चोलेन्द्र । माधव नेपाल मिलेमतोका पृष्ठभूमि निर्माता र मतियार । पुराणको चोटिलो उद्घोष सुनेर ओली सर प्रसन्न भए । पुराणमा ‘चेलेन्द्र मुर्दावाद’को नारा लाग्यो । त्यो मुर्दावादको अंशभाग माधवलाई लाग्ने नै भयो । त्यो सम्झेर होला शायद ओली सर पुलकित भए । बालकोटको आँगनैनेर चोलेन्द्र श्रीमान्‌को पुतलादहन भयो । त्यो दहनको अंशभाग पनि माधवलाई लाग्ने नै भयो । त्यसैले होला शायद ठुटे जुँगा मुसार्दै ओली सर मुसुक्क मुस्कुराए ।

ओली सरले माधवलाई क्षमा दिन नसकिने गद्दार घोषित गरिसके, तैपनि एकता ? ओली सरले एकताका रटनाकारहरूलाई ‘बिकाउ माल’को संज्ञा प्रदान गरिसके, तैपनि एकता ? लाग्छ, एकताको यो कर्कश रटना राजनीतिको विसङ्गत नाटकका विसङ्गत पात्रहरूको विसङ्गत बर्बराहट हो ।

जस्ता विरल ख्वामित् केपी शर्मा ओली, उस्तै ओली सरका अनन्य अनुयायी महेश बस्नेत । खुबै भद्र, शिष्ट र शालीन । केपी सरको अनुहार महेशको अनुहार देखिने ऐना, मिस्टर महेशको अनुहार केपीको अनुहार झल्किने दर्पण । महेश केपीको हंसका अंश । केपी महेशका प्राण पियारा । केपी र महेशका देह दुई, आत्मा एक । तसर्थ हामी उस्तैउस्ता एक हौँ !

जब ओली सर घ्याच्च सत्ताच्यूत भए, मिस्टर महेश भए अतिशय मर्माहत । सत्ताच्यूत ओलीको शोकयुक्त फिर्ती सवारी सुरु भयो, बालुवाटार दरबारबाट घरबार बालकोटतिर । माथि सत्ताको शिखरबाट कतिकति तल धुलामा पछारिँदा ओलीको होस गुम भएछ क्यार । होस गुम भएका ओलीलाई मानौँ, म प्रधानमन्त्री नै छु भन्ने लागिरह्यो । सत्ताच्यूत ओली बडो शानले प्रधानमन्त्रीकै गाडीमा सवार भए । गाडीको दायाँ–बायाँ छ मोटरसाइकलको लम्बेतान लर्को र कतिकति गाडीको कत्रो ताँती ! गगनमण्डलमा गुञ्जायमान भइरहेछ बाजागाजासँगै ‘ओली जिन्दावाद’को तुमुल ध्वनि । यो तामझाम र रामरमिताका कुशल शिल्पी हुन् मिस्टर महेश बस्नेत । झट्ट हेर्दा लाग्छ मानौँ, कुनै घरानियाँ काजीको धुमधामसँग बिहा भइरहेछ । तर, प्रधानमन्त्रीको गाडीमा अशान्त मुद्रामा बसेका छन् सत्ताच्यूत केपी शर्मा ओली । गुत्थ, उद्विग्न र क्रुद्ध ।

०००

ओली सरको फिर्तीयात्रासँगै सुरु भयो भक्तिमार्गी महेश पुराण । अति शिष्ट र कर्णप्रिय । विवेकयुक्त र तर्कशील । कतै नटुुङ्गियोस् झैँ सुनुँसुनुँ लाग्ने । पुराणले भन्यो– मिलेमतोमा सर्वोच्चको फैसला भयो । देशी र विदेशी दुस्मनको मिलेमतोमा । हरियो घाँस खाए–खिलाएर । पुराणको बोलीमा मिलेमतोका माउ कर्ता सर्वोच्चका प्रमुख श्रीमान् चोलेन्द्र । माधव नेपाल मिलेमतोका पृष्ठभूमि निर्माता र मतियार । पुराणको चोटिलो उद्घोष सुनेर ओली सर प्रसन्न भए । पुराणमा ‘चेलेन्द्र मुर्दावाद’को नारा लाग्यो । त्यो मुर्दावादको अंशभाग माधवलाई लाग्ने नै भयो । त्यो सम्झेर होला शायद ओली सर पुलकित भए । बालकोटको आँगनैनेर चोलेन्द्र श्रीमान्‌को पुतलादहन भयो । त्यो दहनको अंशभाग पनि माधवलाई लाग्ने नै भयो । त्यसैले होला शायद ठुटे जुँगा मुसार्दै ओली सर मुसुक्क मुस्कुराए ।

ओली सरले माधवलाई क्षमा दिन नसकिने गद्दार घोषित गरिसके, तैपनि एकता ? ओली सरले एकताका रटनाकारहरूलाई ‘बिकाउ माल’को संज्ञा प्रदान गरिसके, तैपनि एकता ? लाग्छ, एकताको यो कर्कश रटना राजनीतिको विसङ्गत नाटकका विसङ्गत पात्रहरूको विसङ्गत बर्बराहट हो ।

र, सुरु भयो अब स्वनिवासको कौसीबाट ओली सरको दिव्य भाषण । उस्तै शिष्ट र कर्णप्रिय । विवेकयुक्त र तर्कशील । कतै नटुुङ्गियोस् झैँ सुनुँसुनुँ लाग्ने । ओली सरबाट आज्ञा भयो– भाँड सर्वोच्चले गर्नुविधि नकाम गर्‍यो । रेफ्री आफैँले गोल लायो । आत्मघाती माधवले गोल शत्रुका खुट्टामा दिएर गोलपोस्ट खाली छाड्दिए । शत्रुलाई सत्तामा उकालेर एकाघरका शीर्ष कमरेडलाई सत्ताच्यूत गर्ने माधव गद्दार हुन् । किमार्थ क्षमा दिन नसकिने गद्दार । लाजसरम पचेका गद्दार । ओली सरको भाषणमा लय मिलाउँदै महेशगणले नारा लगायो– माधेलाई फाँसी दे ! पर्चण्डेलाई फाँसी दे ! नाराबाट ओली सर मुग्ध भए । नाराको सान्त्वनाकारी अर्थले मानौँ, ओली सरका चित्तमा गढेको सन्तापको काँडो झिकिदियो ।

०००

ओली सर सत्ताच्यूत हुनुको पृष्ठभूमि बडो जटिल छ । एक विसङ्गत नाटकजस्तो । ताल र तुक कतै नमिलेको । चिन्तनको तार्किक सन्तुलन खुस्केजस्तो । लोकको सोझो चित्तले बुझ्नै कठिन । उता सर्वोच्चमा ओली सरले बध गरेको संसद् ब्युँझाइपाऊँ भनी रिट परेको थियो । रिटमा माधव नेपालसहित २६ जति एमालेले सही धस्काएका थिए । यता पार्टीमा उनै बधकारी ओलीसँग एकताको क्रीडा रातोदिन चल्दो थियो । उता देउवालाई प्रधानमन्त्री बनाइपाऊँ भन्ने याचना थियो । यता ओलीलाई जसरी हुन्छ, सत्ताच्यूत गरिछाड्ने संकल्प थियो । अनि उही बेला उनै भष्मासुर ओली सरसँग एकताको ‘कमरेडेली’ नौटङ्की ! लोकतन्त्र र संविधानको रक्षार्थ परचक्री देउवालाई कसैगरी प्रधानमन्त्री बनाउनु छ । पार्टीका चिरा परेका दुई गुटलाई एकमुस्ट राख्न ओली सरसँग कसैगरी एकता गर्नु छ । यसो सुन्दा कुरो बलात् ओली सरको गर्धन भाँचेर ओली सरसँगै सप्रेम गलो मिलाउनेजस्तो अडबाङ्गे छ । कतै र्‍याङठ्याङ नमिलेको । न ताल न तुकको । न लय न सङ्गति मिलेको । खुस्केटहरूको हास्यास्पद प्रहसनजस्तो ।

ओली र माधव पक्षका प–पाँचजना मझौला नेता वार्तामा डटेका छन् । वार्ता भालेको डाकमा सुरु हुन्छ र राउण्ड–राउण्ड गरी चल्छ आधारातसम्म । ओलीतर्फको वार्ताकार भन्छ– कुरो मिलनबिन्दुनेरनेर पुग्यो । हरेक वार्तापछि यो ‘नेरनेर’ डेग नचली ‘नेरनेर’मै स्थिर रहन्छ । वार्ताकार शूरवीरहरू ओली र माधवको हाईहेल्लो गराउन हत्ते हाल्छन् । तर, ओलीलाई माधवको बोली सुन्नै मन छैन, माधवलाई ओलीको अनुहार सम्झिनै मन छैन । अनि केको हाई, केको हेलो ?

ओली पक्ष भन्छ– परचक्री देउवालाई दिएका सही खुरुक्क फिर्ता गर । अनि हुन्छ एकता । माधव पक्षका वार्ताकारहरू ढुलमुल–ढुलमुल हुन्छन् । ती सङ्केतमा माधवलाई बिन्ती गर्छन्– कमरेड, गर्ने हो कि त फिर्ता ? माधव अविचल छन् । माधवमा चट्टानी दृढता छ । बरु खसे आकाश खसोस्, भासिए धर्ती भासियोस् । थुक्या थुक खाइँदैन । सही फिर्ता हुँदैन । अदालतलाई प्रभाव पार्न पाइँदैन ।

सुराकी सञ्चार भन्छ– माधव पक्षका वार्ताकार रात–साँझ सुटुक्क ओली सरको खोपीमा छिर्न थाले । ओली सर यसै पनि धुर्त्याइँको कलामा पारङ्गत छँदैथिए । तिनले तिनलाई लोभ्याउन, फकाउन र आफ्ना चरणमा गिराउन हर चेष्टा गरे । शायद कसैलाई सहउपाध्यक्षको लोभ देखाए हुनन् । कसैलाई मेरो शेखपछि मेरो पद तिम्रै हो भने हुनन् । कसैलाई कोला, कसैलाई मनभोग, कसैलाई लालमोहन, कसैलाई रसबरी, कसैलाई रसगुल्ला देखाए हुनन् । माधव पक्षका वार्ताकारहरू झन्‌झन‍ धरमर हुँदै गए । वार्ता मिलननेरनेर पुग्यो भनी ती लगभग एक स्वरमा रट लगाउन थाले । एकताको हितार्थ सही फिर्ता लिने हो कि कमरेड ? ती सङ्केतमा एकपछि अर्को गर्दै निवेदन गर्न थाले । तर, माधव टसका मस भएनन् । बरु आँधीबेरीसामु अग्राखको वृक्ष झुक्ला, माधव झुकेनन् । आखिर किन ? ओली सरको अहंकार, अराजकता, कुशासन, भ्रष्टाचार, विधिविध्वंस र अकमत्याइँको अर्थ र मर्म एवं प्रभाव र परिणति माधवले बुझेका थिए । भुक्तभोगी माधवका लागि ओली सरबाट प्राप्त विश्वासघात सिरियल, अथाह अपमानको आघात र त्यो सबको मर्मान्तक अनुभूति यसै पनि अवर्णनीय छँदै थियो ।

०००

वार्ताकारहरूको अथक यत्नद्वारा एकताको दशबुँदे स्रेस्ता लेखियो । दशबुँदेमा जे थियो, केवल निस्सार शब्दजाल थियो । केवल आत्मप्रवञ्चना थियो । फलानो साल जेठ २, फलानो साल चैत २, त्यसमा बस् यस्तैयस्तै केही रागरटना थियो । चरक्कै चिरा परेका दुर्ई गुटबीच द्वन्द्वको चुरो कुरो उच्च पद र शक्तिको विभाजन थियो । पद र शक्तिजति ओली सरका मुट्ठीको कैदमा थियो । दशबुँदे स्रेस्ताले यो पद र शक्तिको विभाजन गर्ने कार्य दुई गुटका शीर्षद्वयलाई जिम्मा लगायो । यो दशबुँदे वास्तवमा मूल विषयमा प्रवेशै नगरी अहोरात्र बालुवा पेलेर निकालेको तेल थियो । विल्कुल निरर्थक र निस्सार । स्वाङ र ढोङले भरिपूर्ण ।

ओली पक्ष भन्छ– परचक्री देउवालाई दिएका सही खुरुक्क फिर्ता गर । अनि हुन्छ एकता । माधव पक्षका वार्ताकारहरू ढुलमुल–ढुलमुल हुन्छन् । ती सङ्केतमा माधवलाई बिन्ती गर्छन्– कमरेड, गर्ने हो कि त फिर्ता ? माधव अविचल छन् । माधवमा चट्टानी दृढता छ ।

दशबुँदे खोस्टामा शासक ओली सरका अनेकओली दुर्नियत, दुष्कर्म र दुष्परिणामहरूको कहीँ कतै छिसिक्क पनि उल्लेख भएन । यसको अर्थ हो– माधव पक्षका वार्ताकारहरू एकताका नाउँमा भष्मासुर ओलीप्रवृत्तिका चरणमा निःशर्त वशीभूत हुन तयार थिए । तर, तिनको धरमरसामु माधव नेपाल धरमर भएनन् । माधव एक्लै उभिए, दृढ र अविचल । तिमीहरू सब घुँडा टेक, म एक्लै भए पनि पैताला टेकेर उभिन्छु ।

०००

सत्ताबाट ओली सरको कारुणिक पतनसँगै इतिहासको एक अनिष्ट अध्याय तुरियो । र, सुरु भयो अर्को अज्ञात अध्याय । ओली सरले कौसीमा उभिएर दाह्रा किट्दै माधवलाई ‘गद्दार’ भने । र, माधवसँगै रिटमा सही गर्ने अन्यहरूलाई ‘बिकाउ माल’को संज्ञा दिए । ओलीको बोलीमा ‘गद्दार’ र ‘बिकाउको उद्घोष हुनु के थियो, दशबुँदे खोस्टो रद्दीको टोकरीमा हुत्त मिल्कियो । र, एकताको विसङ्गत नाटकको पटाक्षेप भयो ।

तथापि लाग्छ, माधव पक्षका ‘बिकाउ माल’हरूमा अझै ‘नेरनेर’को धङधङी छँदै छ । ती भन्दा छन्– जे भो, सो भो । तैपनि एकता, एकता र फेरि पनि एकता । ओली सरले माधवलाई क्षमा दिन नसकिने गद्दार घोषित गरिसके, तैपनि एकता ? ओली सरले एकताका रटनाकारहरूलाई ‘बिकाउ माल’को संज्ञा प्रदान गरिसके, तैपनि एकता ? लाग्छ, एकताको यो कर्कश रटना राजनीतिको विसङ्गत नाटकका विसङ्गत पात्रहरूको विसङ्गत बर्बराहट हो । लोसे गोरुगाडाले उता थानकोट काटिसक्यो, यी ‘बिकाउ माल’हरू यता कलङ्कीमा काखी कन्याइरहेका छन् ।

०००

‘बिकाउ माल’हरूले जेसुकै भनून्, गद्दार माधव गद्दारीको पगरी गुथेर अविचल छन् । माधव अडिए, र नै ओली सर सत्ताच्यूत भए । माधव अटल रहे, र नै सत्ताबाट भष्मासुर प्रवृत्ति लखेटियो । माधव लत्रिएनन्, र नै शेरबहादुरले सत्तारोहण गर्ने भर्‍याङ पाए । माधव कामेनन्, र नै पुष्पकमल मखलेल हुन पाए । माधवले मैदान छाडेनन्, र नै लोकका हृदयमा गाडिएको अडिरको काँडो झिकियो । यस्तोमा कृतज्ञ भावले नतमस्तक भई भन्नुपर्ने ‘गद्दार माधव जिन्दावाद’ हो । तर, फसाद छ । रिसले ओली सरको ब्रह्माण्ड जल्ला भन्ने डर छ ।

श्राेत ः शिलापत्रबाट

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट