होम पेज » शिक्षा » अल्फा विटामा सन्जिव राई एमडिमा नियुक्त

बिकास चाम्लिङ राई,
पौष २६, २०७९ – पाच वर्ष अघि धरान भानुचौकमा शाखा कार्यलयको रुपमा सुरु भएको कोयोला एजुकेशन कल्सनटेन्सिका अल्फा विटा कल्सनटेन्सिको म्यानेजिङ्ग डाइरेक्टरमा सन्जिव राई नियुक्ति भएका छन ।

राईलाई मंगलवार विद्यार्थीहरु माझ परिचय गराउदै एक कार्यक्रमको आयोजना गरि अल्फा विटाका धरान शाखा अध्यक्ष लोकेन्द्र श्रेष्ठले स्वागत गरेका थिए । राई करिव तिस वर्ष देखि शैक्षिक क्षेत्रमा आवद्ध रहेर काम गरिरहेका छन । उनि धरान ५ स्थित डिपि विलिभर्स इङ्गलिस स्कुलका संचालक तथा प्रधानध्यापक हुन भने सिटिइभिटि वाट मान्यता प्राप्त परार्मशकर्ता समेत हुन ।

भानुचौक स्थित साधना भवनको तेस्रो तलामा रहेको अल्फा विटाले स्वदेशि तथा वैदेशिक अध्यनका लागि परार्मश गर्नुका साथै अध्यनका लागि तयारि कक्षा समेत संचालन गर्ने नवनियुक्त एमडि राईले जानकारी गराए । अल्फामा हाल विभिन्न विषयमा एक सय ५० जना विद्यार्थीले अध्यन गरिरहेका छन । विद्यार्थीहरुलाई परामर्श संगै पिटि, आइटि, सिमेट, व्रिज कोर्ष, कोरियन भाषा, इन्जिनियरिङ्ग र स्टाफ नर्स तयारि कक्षा समेत संचालन हुने एमडि राइले जनाए । पाच वर्षमा अल्फामा अध्यनरत ६० जना विद्यार्थीहरु युरोपको विभिन्न देशमा अध्यन गरिरहेको अध्यक्ष लोकेन्द्र श्रेष्ठले वताए । कोरोनाको महामारिको कारण तिन वर्ष विद्यार्थीहरुलाई वैदेशिक अध्यनमा वाहिर पठनपाठन गराउन नसकेको पनि उनले जनाए ।

श्रेष्ठ संगै राई अल्फा विटाका सेयर सदस्य समेत हुन । अध्यक्ष श्रेष्ठ र राईको लगानिमा धरान १८ स्थित वुद्ध चौकमा धरान इन्टरनेसनल कलेज अफ होटल म्यानेजमेन्ट समेत संचालनमा छन । स्वागत गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष जनकऋषि राईले नवनियुक्त राईलाई सुभकाना दिएका थिए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु