होम पेज » मनाेरञ्जन » हङकङलाई कर्मथलो बनाएकी गायिका सबिना राईको कहिले होला बोलको गीत सार्वजानिक (भिडियोसहित)

भाद्र २८, २०७८ – नेपाली सांगीतिक जगतमा गायिका सबिना राई कहिले होला बोलको गीत लिएर बजारमा आएकी छन । हङकङलाई कर्म थलो बनाइ लामो समय देखि हङकङ बसोबास गर्दै आएकी गायिका राई रहरले गीत गाएको बताउँछिन । गीतसंगीतमा सानै देखि रुचि राख्ने गायिका राई अहिले गायिका बन्ने सपना जीवितै भएकोले पनि गीतसंगीतमा समय खर्चिने बताउँछिन ।

हिजो उनको जन्मदिनको अवसरमा युटुब मार्फत उक्त गीत सार्वजानिक गरेकी हुन । जीवन संघर्षको कथालाई गीतको रुपमा उतारिएको सो गीतको भिडियोमा फिचरिङ आफै गायिका राईले गरेकी छिन । उनि आफैले स्वर दिएको उक्त गीत गीतकार टिका चाम्लिङले लेखेका हुन । दिनेश सुब्बाको कम्पोजमा रेकर्ड गरिएको यो गीतलाई कुमार थापाले एरेन्ज गरेका छन भने मिन विष्टले मास्टरिङ मिक्सिङ गरेका छन ।

आदिम आवाज अनलाईन टिभिको पोष्ट प्रोडक्सनमा तयार पारिएको यो गीतको म्युजिक भिडियो मजाको राईले छायांकन गरेका हुन । लामो समय देखि हङकङमा फोटो भिडियो सम्पादन तथा छायांकनमा अग्रक्तिमा रहने मजाको राईले यो गीतलाई पनि सम्पादन गरेका छन । हङकङको परिवेशमा तयार पारिएको यो म्युजिक भिडियोलाई आदिम आवाज अनलाईन टिभिको युटुब च्यानलबाट सार्वजानिक गरिएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट