होम पेज » मनाेरञ्जन » प्रमोद पोर्तेलको कोल्टे जिन्दगी सार्वजानिक (भिडियो)

पुस ७, २०७८ – नेपाली सांगीतिक जगतमा छुट्टै आफ्नो पहिचान बनाउन सफल गायक, गीतकार तथा संगीतकार प्रमोद पोर्तेल कोल्टे जिन्दगी लिएर बजारमा आएका छन ।

धरान स्थित बराह ग्रुप अफ कम्पनीको कम्प्लेक्समा एक कार्यक्रम गरि उक्त म्युजिक भिडियो सार्वजानिक गरिएको थियो । आप्पा चलचित्रका निर्माता, निर्देशक तथा अभिनेता अनमोल गुरुङको उपस्थितिमा सो म्युजिक भिडियो सार्वजानिक गरिएको थियो । निर्माता तथा निर्देशक गुरुङको हातबाहुलीबाट सो म्युजिक भिडियो सार्वजानिक गरिएको थियो ।

दर्जनौ गीतमा संगीत तथा स्वर दिइसकेका पोर्तेलले भर्खरै नयाँ गीत कोल्टे जिन्दगीको म्युजिक भिडियो सार्वजानिक गरेका छन । संगीत संयोजन तथा रचना आफ्नै रहेको सो गीतमा पोर्तेलले आफै स्वर भरेका छन । म्युजिक एरेन्ज सरोज वि.क.को रहेको उक्त गीत ग्रेस स्टुडियोमा रेकर्ड गरिएको छ । यसै गरि अडियो मिक्सिङ रबिन क्षत्रीको रहेको छ ।

प्रमोद पोर्तेल अफिसियल युटुब च्यानल मार्फत सार्वजानिक गरिएको सो म्युजिक भिडियो सुल्तान फिल्म प्रोडक्सन युकेको पोष्ट प्रोडक्शनमा तयार गरिएको छ । सुल्तान ईदिङ्गोको निर्देशन तथा सम्पानद रहेको उक्त म्युजिक भिडियोमा गायक आफै प्रमोद र प्रज्ञा भण्डारी फिचरिङमा देखा परेका छन । टेकेन्द्र जंग माझिको सिनेमेट्रोग्राफिमा तयारि गरिएको सो म्युजिक भिडियोमा एडि राज प्रोडक्शन मेनेजर रहेका छन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट