होम पेज » मनाेरञ्जन » चलचित्र दोखको शीर्ष गीत वन चरी उड्यो बोलको गीत सार्वजानिक, अमृत गुरुङको पहिलो चलचित्रमा गीत (भिडियो)

असार ०४, २०७९ – यहि असार २४ गतेबाट देशव्यापी रुपमा प्रदर्शनको तयारीमा रहेको चलचित्र दोखको वन चरी उड्यो बोलको गीत सार्वजानिक भएको छ ।

नेपथ्य व्यण्डका मुख्य गायक अमृत गुरुङको स्वरमा रेकर्ड गरिएको उक्त गायक गुरुङको चलचित्रमा पहिलो गीत हो । उनकै व्याण्ड नेपथ्यले एरेन्ज गरेको उक्त गीत कवि श्रवण मुकारुङले शब्द रचना गरेका हुन । गीतमा गायक गुरुङसँगै झुमा लिम्बु, प्रेमकला राई, सुशिल राई, भुषण राई र योगेन्द्र राईको स्वर रहेको छ । आभाषको संगीत संयोजनमा तयार भएको उक्त गीतमा ध्रुव लामा ड्रम, सुरज थापा किबोर्ड, सुविन शाक्य बेश गिटार, निरज गुरुङ लगायतको संगीत रहेको छ ।

अनुप बरालको निर्देशनमा तयार भएको यो चलचित्रमा राजन कठेतको कथा लेखन रहेको छ । आमोवादी द्धन्द्धको कालखण्डमा सामुदायिक वनको मुद्दालाई आधार बनाएर दुई गाउँविचको मतभेतको कथा चलचित्रमा प्रस्तुत गरिएको छ । सविन ज्ञवली र मनोज अधिकारीको संयुक्त निर्माणमा तयार भएको चलचित्रमा दिया मास्के, मनिष निरौला, लोकमणी सापकोटा, माओत्से गुरुङ, रोय दिभ, साज थापा, सुरज मल्ल, कमल देवकोटा, साजन थापामगर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु