होम पेज » मनाेरञ्जन » चलचित्रकर्मीद्धारा सञ्चार तथा सुचना प्रविधी मन्त्री ज्ञानेन्द्र वाहादुर कार्की लाई स्वागत,सम्मान तथा भेटघाट

असार २६, २०७९ – नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्वर एक द्धारा सञ्चार तथा सुचना प्रविधी मन्त्री ज्ञानेन्द्र वाहादुर कार्की लाई इनरुवामा स्वागत,सम्मान तथा भेटघाट कार्यक्रम गरीएको छ ।

स्वागत तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री कार्कीले चलत्रि विकास वोर्डका अध्यक्ष पदका लागी उमेदवारीको आवेदन दिएका उमेदवार अरुण कुमार प्रधान आफ्नो निवार्चन क्षेत्रको मान्छे भएकोले सहोग सद्भाव रहेको साथै अध्यक्ष पदका लागी योग्य पनि भएको वताए ।

स्थायी घर इनरुवा भएका निर्देशक प्रधान धरानमा वस्दै आएका छन् प्रधान नेपाल चलचित्रकर्मी महासंघ प्रदेस नम्वर एकका अध्यक्ष हुन् । जोस,जागर,सामाजीक भावना भएको एक सक्षम वकील भएकोले अरुण कुमार को उमेदवारी आवस्यक रहेको कलाकार संघ प्रदेस नम्वर एकका संयोजक पुष्प श्रेष्ठले वताए ।

चलचित्र विकास वोर्डका लागी दस जनाले आवेदन दिएको जस मध्ये कलाकार भुवन के सी र निर्देशक अरुण कुमार को यतीवेला चर्चा देसभर चलिरहेको छ , स्वागत तथा सम्मान कार्यक्रममा प्रदेश नम्वर एकाका सयौको संख्यामा कलाकारहरुको उपस्थीती रहेको थियो ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु