होम पेज » मनाेरञ्जन » सुरु भयो ‘प्रेम गीत -३’ को प्रोमोशन

साउन ११, २०७९ – यस बर्षकै बहुप्रतिक्षित चलचित्र ‘प्रेम गीत -३’ को प्रोमोशन यात्रा सुरु भएकोछ । दुईजना निर्देशकले निर्देशन गरेको चलचित्र नेपाली चलचित्र ईतिहासमै पहिलो पटक हिन्दी भाषामा पुन डब गरेर एकैसाथ प्रदर्शनमा आउँदैछ ।

यही असोज ७ अर्थात दसैंलाई तार्गेट गरेर रिलिज को तयारी गरेको चलचित्र यतीबेला प्रचार प्रसारको सुरुवात गरेकोछ । हरेक कुरामा फरक गर्न रुचाउने निर्माता तथा निर्देशक सन्तोष सेन ले यस पटक पनी प्रेम गीत -३ को प्रचार शैली फरक किसिमले गर्न लाग्नु भएको छ । शहर शहरमा पात्र प्रतिबिम्बको घर आउदैछ भन्ने मुल नारा नै तयार गरी प्रेम गीत को टिम प्रचार प्रसारमा होमिएकोछ । टिमले घर घर बाट चलचित्रको प्रोमोसन गर्ने उद्देश्यले दैनिक मानिसहरुको चहलपहल हुने शपिङ कम्प्लेक्स , मुख्य बजार चोक चोकका घरमा ठुल ठुला ब्यानर र होर्डिङ्ग बोर्ड राख्न सुरु गरेकोछ ।

नेपालका मुख्य शहरहरुमा होर्डिङ्ग बोर्ड र ब्यानर हरु राख्ने योजना रहेको निर्माता तथा चलचित्रका निर्देशक सेनले जानकारी दिनुभयो । चलचित्रको मुख्य नायिका खोजी देखी ,वर्कशप, छायांकन सेट निर्माण देखी , बाक्लो हिउमा भएको छायांकन देखी नै चर्चा रहेको चलचित्रले फेरी एकपटक प्रोमोशन को तयारी बाट चर्चा पाएकोछ । २०० बर्ष पुरानो कथामा आधारित भएर निर्माण गरेको चलचित्रको सबै कुराहरु छुट्टै प्रकारले अघी बढेका छन । चलचित्र प्रचार प्रसार गर्न कन्सर्ट गरेर सम्भवत नेपाली चलचित्र क्षेत्रको प्रोमोशन मा पहिलो पटक प्रचार शैली अपनाउनु भएका सन्तोष सेनले प्रेम गीत देखी प्रेम गीत – २ र मेरी मामु सम्म फरक किसिमले प्रचार शैली अपनाउनु भएको थियो ।

यस अघीनै दुई पटक सम्म चलचित्रको प्रदर्शन मिती तोके पनि विश्व महामारी कोरोना भाईरसको कारण प्रदर्शन हुन नसके पछी तेस्रो पटक असोज ७ लाई प्रदर्शन मिती तोकेको छ । सेन निर्माता रहेको फिल्ममा सहनिर्माता कुमार सान शाह र ओएसआर डिजिटल छन् । भने कार्यकारी निर्माता चक्र बहादुर चन्द र मिलन सेन रहेकाछन । फिल्ममा मा प्रदिप खड्का, नव नायिका कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, संतोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्बृद्धि शाही ठकुरी, योगीसा खत्री, लक्ष्मी बर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमीका रहेको छ ।

चलचित्र नेपाल सहित भारत र अन्य देशहरुमा एकसाथ प्रदर्शनमा आउने भएको छ । चलचित्र भारतमा हिन्दी भाषामा ‘विश्वजितम’ का नामबाट रिलिज हुनेछ । लगभग ३ बर्षदेखी निरन्तर भारतमा बस्दै आएका निर्माता निर्देशक सेनले मुम्बइमा बसेर हिन्दी भाषामा डबिङ गराउनु भएको थियो ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु