होम पेज » मनाेरञ्जन » सन्जिब पारदर्शिको रचनामा रहेको मिम्हाङ्मा सार्वजानिक (भिडियो)

साउन ३१ २०७९ – साहित्यकार सन्जिब पारदर्शिको रचनामा रहेको म्युजिक भिडियो मिम्हाङ्मा रिलिज भएको छ ।

डायमन्ड लाहुरे गीतबाट चर्चामा आएका गीतकार पारदर्सिद्वारा लिखित यो पुर्बेली गीतको निर्माण चर्चित मोडल तथा सन्चारकर्मि सिर्जना निङ्लेकुले गरेकी छिन् । बिशेषगरी लाहुरेको प्रेम कथा ब्यथाबारे कलम चलाउदै आएका पारदर्शिले योपटक बिशेष गरी पूर्वमा बसोबास गर्ने राइ र लिम्बु समुदायको सन्स्कार सस्कृतिलाई शब्दमा फ्युजन गरेका छन्। गीतको म्युजिक भिडियो सुल्तान इधिङ्गोले निर्देशन गरेका हुन् ।

अहिलेकी चर्चित गायिका सुनिता थेगिमको स्वरमा रहेको गीतमा सिर्जना निङ्लेकू र उनका श्रीमान् परशुराम राइले अभिनय गरेका छन् । साथमा, सुव्रिना लिम्बु, सञ्जीव राई पारदर्शी, सविना लिम्बु, रेकिना सुब्बा, रञ्जु लिम्बु र कामना राईहरूले समेत अभिनय गरेका छन् । भिडियोमा सहछायांकन मितेश गुरुङ, श्रङ्गार सविना लिम्बु र भेषभूषा सिर्जना ढाका फेसनको रहेको छ । गीत शुक्रबार सिर्जना निङ्लेकूको युट्यूब च्यानलबाट सार्वजनिक भइसकेको छ । प्रेमलाई आधार बनाइ रचना गरिएको गीतले अहिले १ नम्बर प्रदेश किरात लिम्बुवान नामाकरन हुनुपर्छ भन्ने ससक्त माग भइरहेको बेला दुई समुदायबिच एकताको शन्देश पनि दिएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु