फागुन २९ २०७९ – किरात याक्खा जातीको भाषा तथा संस्कृतीको संरक्षण एवं सम्बर्दन गर्ने उदेश्यले निर्माण गरिएको ‘जेप्पा’ (वाचा/कसम) याक्खा म्यूजिक भिडियो आइतबार सार्वजनिक भएकाे छ ।
काठ्माण्डाै स्थित मण्डला थिएटरमा अफिसियल प्रिमियर शो गर्दै ओ.एस.आर. डिजिटल युट्युब च्यानल मार्फत उक्त म्युजिक भिडियाे सार्वजनिक गरिएको हाे । चर्चित गायक राजेश पायल राई र गायिका सिता सिंगक लिम्बुको श्वर रहेको उक्त गीतको संगीतकार भने हाल प्राज्ञ समेत रहेका साहित्यकार राजन मुकारुङ हुन् । उक्त गीतलाई साहित्यकार एवं गीतकार हेनसेन याक्खाले लेखेकी हुन् ।
युवा निर्देशक सनम याक्खाद्धारा निर्देशित र भोगेन्द्र याम्फुको छायाङ्कन रहेको गीतको भिडियोमा हालकी चर्चित मोडल अनुशा राई, टी.बी. याक्खा, हेनसेन याक्खा र जिवन याक्खा लगायतका कलाकारहरुलाई देख्न सकिन्छ । विशेष गरी याक्खा जातीको पहिचानको रुपमा रहेको ‘फोप्मा’ (बर्की/पछ्यौरी) को महत्व संगै माया प्रेमको कथा वस्तु रहेको भिडियोलाई संखुवासभा र तेह्रथुमको संगमस्थल तीनजुरेको रमणिय स्थलहरुमा लिइएको हो ।
प्राज्ञ राजन मुकारुङको प्रमुख आतिथ्ययतामा चर्चित एवं व्यस्त अभिनेता दयाहाङ राई, गीतकी मोडल अनुशा राई, गीतकार हेनसेन याक्खा, युवा निर्देशक सनम याक्खा, सिनेम्याटोग्राफर भोगेन्द्र याम्फु, किरात याक्खा छुम्माका केन्द्रिय अध्यक्ष लिल बहादुर रोगु, छुम्माकै उपमहासचिव सोनाम याक्खा, आदिवासी जनजाति चलचित्र प्रदेश नं.१ का अध्यक्ष ज्योति राज राई लगायतका व्यक्तित्वहरुको समुपस्थितिमा आइतबार मण्डला थिएटर अफिसियल प्रिमियर शो गरिएको थियो । प्रमुख अतिथि, विशेष अतिथि तथा कलाकारहरुलाई सम्मान गर्दै मायाको चिनो समेत प्रदान गरिएको उक्त कार्यक्रमलाई संचारकर्मी विश्व लिम्बुले संचालन गरेका थिए ।