होम पेज » इभेन्ट » एमएच लाउन्जमा शनिवार सविन राइको लाइभ प्रस्तुति हुने

विकास चाम्लिङ राई,
कार्तिक ०४, २०७८ – दशैं, तिहार र छठको अवसर पारेर युवाहरुको ढुकढुकि, नेपालको चर्चित कलाकार सविन राई आफ्नो टिम सहित लाइभ प्रस्तुतिका लागि वगरकोट आउने भएको छ ।

सविन राई आफ्नो व्याण्ड टिम द फराओ सहित यहि शनिवार एमएच लाउन्ज एण्ड वारमा आउन लागेका हुन । लकडाउनका कारण लामो समयको सन्नाटालाई चिर्दै सविन राई एण्ड फराओ व्याण्डले वगरकोट तताउन लागेका हुन ।

धरानको नाइटलाइफ स्थलको रुपमा चिनिने धरान १५ स्थित वगरकोटमा चाडपर्वको वेला राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले वगरकोटमा उपस्थित पाहुनाहरुलाई मनोरञ्जन गराउदै आइरहेका थिए । साझ भए पछि लाइभ म्युजिकले वगरकोट गुन्जयमान हुन्थे तर लकडाउनले गर्दा सुनसान वनेको थियो वगरकोट । यसैलाई चिर्दै वगरकोट अव पुरानै अवस्थामा फर्किसकेको सन्देश दिदैं पाहुनाहरुलाई निमन्त्रणा गर्नका लागि सिग्नेचरको संयोजनमा स्टेज पर्फमर किङ्गले चर्चित सविन राई एण्ड टिमलाई ल्याउन लागिएको एमएच लाउन्जका प्रोपराइटर जिवन मन्याङ्गवो लिम्वुले जानकारी गराए । राई संगै धरानका चर्चित व्याण्डहरुको प्रस्तुति समेत रहने सांगेतिक कार्यक्रम साझ ७ वजे देखि राति १० वजे सम्म हुने लिम्वुले जनाए ।

  

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट