होम पेज » इभेन्ट » स्टेज पर्फमर किङ्ग सविन राइले वगरकोट तताए

विकास चाम्लिङ राई,
कार्तिक ०७, २०७८ – स्टेज पर्फमर किङ्गले चिरपरिचित गायक सविन राईले शनिवार वगरकोट तताएका छन ।

लामो समय देखि लकडाउनको कारण सांगितिक कार्यक्रम नभएको खडेरीलाई तोड्दै धराने दर्शकलाई राईले स्टेजमा उफारेका छन । राईले आप्mनो टिम द प्mयरोको साथमा धरान १५ वगरकोट स्थित एमएच लाउन्ज एण्ड वारको हलमा लाइभ प्रस्तुति मार्फत उपस्थित दर्शकलाई मनोरञ्जन दिलाएका हुन । उनले नया र पुरानो गरि डेढ दर्जन आप्mनो गितहरु प्रस्तुत गर्दै माहाेल तताएका थीए ।

सिग्नेचर सविन राई एण्ड द प्mयारो नेपाल टुर अन्तर्गत धरानमा भएको कार्यक्रमको टिकट कार्यक्रमको अघिल्लो दिन नै वुकिङ्ग हुनुले पनि सविन राईको क्रेज झल्किएको थियो । दुई सय ५० वटा टिकट इस्यु गरेको केहि समयमा नै टिकट र एमएचकाे सम्पुर्ण टेवल वुकिङ्ग फुल भएको एमएचका संचालक जिवन लिम्वुले बताए । सविन राईको क्रेज र लामो समय धरानमा सांगितिक कार्यक्रम नभएकोले पनि टिकट तुरुन्तै विक्रि भएको लिम्वुले वताए ।

अत्यधिक दर्शकको उपस्थितिको कारण मेन गेट वन्द गरे पनि राईका प्रस्तुति सुरु भइसक्दा समेत प्रवेशको लागि दर्शकहरुको गेटमा घुइचो लागेको थियो । राईको प्रस्तुति अघि देखि नै दर्शकले सविन राईको नाम लिदै हललाई गुन्जयमान वनाएका थिए । साढे आठ वजे देखि १० वजे सम्म प्रस्तुति दिएको सविन राईको हरेक प्रस्तुतिमा दर्शकले संगै गाएर साथ दिएका थिए । राईको प्रस्तुति सके पछि पनि लामो समय दर्शकले सविन राईको नाम लिदै हुटिङ्ग गरेका थिए ।

दुई सय ५० जनाको क्षमता भएको एमएचकाे हलमा ५ सय भन्दा वढि दर्शकको उपस्थिति रहेको थियो । नेपला टुर अन्तर्गत राईको टिमले कार्तिक ५ गते शुक्रवार विर्तामोड वाट सुरुवात गर्दै धरान आएका हुन । यस पछि ९ गते चितवन, १० गते वुटवल, १३ गते पोखरा र २७ गते काठमांडौमा प्रस्तुति दिदै टुरको समापन हुने व्याण्डका म्यानेजर विनोद लामाले जानकारी दिए । कार्यक्रममा सविन राईको प्रस्तुनि अघि स्थानिय कलाकार केशव राईको प्रस्तुति रहेको थियो ।

तस्विरः मनोज चाम्लिङ राई

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट