होम पेज » समाचार » जुनियर मिस धरानको उपाधिका लागी २३ बालिकाहरू भिड्दै, फाइनल कार्तिक १३ गते हुने

कार्तिक १०, २०७८ – ड्रिम मोडलिङ एजेन्सी इभेन्ट मेनेजमेन्ट प्रालिको आयोजनामा भइरहेको जुनियर मिस धरान–२०२१ को उपाधिका लागी २३ जना बालिकाहरू भिड्ने भएका छन ।

यहि कार्तिक १३ गते शनिबारको दिन धरानको स्थित बीपी प्रतिष्ठानको दसरा हलमा दिउँसो १ बजेबाट फिनाले हुने आज भएको पत्रकार सम्मेलनमा प्रालिका सिइओ सौरभमान भण्डारीले जानकारी गराए । “बालिकाहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जुनियर मिस धरान आयोजना गरीएको हो ।” भण्डारीले भने, “उपाधिका लागी २३ जना बालिकाहरू रहेको र हाल तालिम भइरहेको छ ।”

धरानमा पहिलोपटक हुन लागेको प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ५ लाख रुपैयाँ बराबरको बिमा प्राप्त गर्ने भण्डारीले बताए । त्यस्तै, फस्ट रनरअपले १० हजार रुपैयाँ र ३ लाख रुपैयाँ बराबरको बिमा र सेकेन्ड रनरअपले नगद ५ हजार रुपैयाँ सहित २ लाख रुपैयाँको बिमा प्राप्त गर्ने उनले जनाए ।

गत फागुनदेखि नै सुरु भएको प्रतियोगिता कोरोना महामारीका कारण स्थगित भएर पुनः भदौ २२ गतेदेखि बन्द परीक्षण सुरु गरीएको कार्यक्रम संयोजक निश्चल पलिखेले जानकारी दिए । ६ देखि १४ वर्ष सम्मका बालिकाहरू सहभागी रहेको प्रतियोगितामा विजेताहरू बाहेक १२ वटा अन्य टाइटलमा समेत पुरस्कृत हुने पलिखेले बताए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट