होम पेज » इभेन्ट » धराने स्टेच तताउँदै गायिका तृष्णा गुरुङ्ग (फाेटाे फिचर)

कार्तिक २७, २०७८ – नेपाली सांगीतीक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका तृष्णा गुरुङ्ग धरानेलाई नचाउँदैछिन ।

हिजो धरान आइपुगेकी यी चर्चित गायिका तृष्णाले आजको साँझ धरान १७ मा आयोजित गोधुली साँझ २०७८ मा प्रस्तुति दिँदै धराने दर्शकलाई नचाएकी छन । नेपालको रियालिटि शो द भोइस अफ नेपालको एक सिजन निर्णायकको भुमिका निभाइसकेकी गायिका तृष्णाको झन्नै दर्जन गीतहरु चर्चाको शिखरमा छन । उनको तिमी र म, गुराँसै फुल्यो, रेलेमा, तिम्रो मेरो प्रेम, गाइने दाजेले, माया पिरती, खानी हो यामु आदि गीतहरु सदाबहार चर्चामा रहेको गीतहरु हुन ।

आफ्नो गीत सँगै दर्शकहरुले रुचाइएको गायिकाको रुपमा उनि चिनिन्छन । देश विदेशको स्टेज तताइसकेकी गायिका तृष्णाले आज धरानको गोधुली साँझमा पनि दर्शक दीर्घलाई ननस्टप नचाएकी थिइन । कार्यक्रमको प्रमुख अतिथि तथा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, विशेष अतिथि तथा धरान १७ वडाध्यक्ष सूर्य बहादुर भट्टराई मनोज लगायतका अतिथिहरुले गायिका तृष्णालाई खदा लगाएर कार्यक्रममा स्वागत गरेका थिए ।

हिजो मात्र धरान पुतली लाईन स्थित फ्रेण्ड्स गार्डेनमा एकल साँझ गरेकी तृष्णाले आज गोधुली साँझमा माया पिरती बोलको गीतबाट आफ्नो प्रस्तुती सुरु गरेकी थिइन । लगभक आधा घण्टा स्टेजमा उत्रेकी तृष्ण गाइने दाजैले, खानी हो यामु जस्ता चर्चित गीतहरु प्रस्तुती दिदैँ दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेकि थिइन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट