होम पेज » इभेन्ट » नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

सम्पन्न रक्तदान कार्यक्रममा ८१ पिण्ट रगत संकलन

असार ०९, २०७८ – नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४२औँ स्थापना दिवसको अवसरमा धरानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान नगर कमिटीको आयोजनामा धरान स्थित भानुचौकमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । सदा झै यस वर्ष पनि संगठनले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको हो । कोरोना महामारिको समयमा स्वास्थ्य मापदण्डलाई पालना गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरिएको संगठनका नगर अध्यक्ष कमल भट्टराईले जानकारि दिए । आज सम्पन्न रक्तदान कार्यक्रममा ८१ पिण्ट रगत संकलन भएको अध्यक्ष भट्टराईले जानकारि दिए ।

रक्त दान जीवन दान नारालाई आत्मासाथ गर्दै हरेक वर्ष गरिने रक्तदान कार्यक्रम संगठनका नगर अध्यक्ष कमल भट्टराईकाे अध्यक्षता सम्पन्न भएकाे थियाे । यस वर्षको कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य तथा एमाले नेता लक्ष्मी बानियाकाे प्रमुख अतिथिको रुपमा उपस्थित रहेको थियो । यसका साथै विद्यार्थी नेता तथा युवा नेताहरुको पनि उपस्थित रहेको थियो ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु