होम पेज » अन्य » थप ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

७ हजार २ सय १९ जना संक्रमणमुक्त

जेष्ठ १९, २०७८ – पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ३ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याे सँगै देशभर काेराेना भाइरस संक्रमितकाे कुल संख्या ५ लाख ७१ हजार ९ सय ३ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारि दिए अनुसार देशभर १३ हजार ८ सय ५ जनाको पीसीआर विधिबाट नमुना परिक्षण गर्दा ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । याे सँगै ३ हजार ७३ जनाकाे एन्टिजिन परीक्षण गर्दा ७ सय ९२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

यसैगरि मन्त्रालयले सार्वजानिक गरेको तथ्याङ्रक अनुसार पछिल्लो २४ घण्टामा १ सय १ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन । योसँगै हालसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ७ हजार ५ सय ५५ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ हजार २ सय १९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारि दिएको छ । मन्त्रालयले सार्वजानिक गरेकाे तथ्यांक अनुसार काेराेना भाइरसबाट संक्रमणमुक्त हुनेकाे दर ८० दशमलव ८ प्रितशत रहेकाे छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट