होम पेज » अन्य » थप ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ४ जना संक्रमणमुक्त

जेष्ठ २०, २०७८ – पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याे सँगै देशभर काेराेना भाइरस संक्रमितकाे कुल संख्या ५ लाख ७६ हजार ९ सय ३६ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारि दिए अनुसार देशभर १८ हजार ५ सय ६२ जनाको पीसीआर विधिबाट नमुना परिक्षण गर्दा ५ हजार ८ सय २५ जनामा संक्रमण पुष्टि भएको हो । याे सँगै ३ हजार २ सय ११ जनाकाे एन्टिजिन परीक्षण गर्दा १ हजार जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

यसैगरि मन्त्रालयले सार्वजानिक गरेको तथ्याङ्रक अनुसार पछिल्लो २४ घण्टामा ७५ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन । योसँगै हालसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ७ हजार ६ सय ३० जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारि दिएको छ । मन्त्रालयले सार्वजानिक गरेकाे तथ्यांक अनुसार काेराेना भाइरसबाट संक्रमणमुक्त हुनेकाे दर ८१ प्रितशत रहेकाे छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट