होम पेज » कलिउड » चलचित्र “चपली हाइट ३” ले पुस २ गते प्रदर्शन मिति तय गर्यो (भिडियो)

कार्तिक २२, २०७८ – कोरोना महामारिले थलिएको चलचित्र जगत पुनः जागरुक हुन थालेको छ । मृत अवस्थामा रहेको नेपाली चलचित्र घरहरुमा बलिउड चलचित्र सूर्यवंशी ले दर्शकको चहपहलले चलचित्र गृहले पुनःमुर्त रुप लिन थालेको छ ।

यो चलचित्रले दर्शकहरुको चहलपहल बढाइरहेको बेला नेपाली चलचित्र “चपली हाइट ३” ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्रले यहि आउँदो पुस २ गते आफ्नो प्रदर्शन मिति तय गरेको छ । २०७६ चैत्र २८ गते मै प्रदर्शन हुने भनिएको यो चलचित्र कोरोना महामारिबीच लकडाउन भएसँगै प्रदर्शन रोकिएको हो । नेपाली चलचित्र जगत मृत अवस्थामा छ यसलाई चलायमान बनाउन चलचित्र प्रदर्शन गर्ने निर्णय गरेको चलचित्र निर्माता अर्जुन कुमारले अभिव्यक्ति दिएका छन ।

आफ्नो अभिव्यक्तिमा उनले भनेका छन् जटिल अवस्थामा चलचित्र प्रदर्शन गर्ने सोँच बनाएको छु, चलचित्र जगतलाई चलायमान बनाउन मैले यो निर्णय गरेको हुँ । यसका साथै उनले भनेका छन बनिसकेको पुरानो चलचित्र धेरै राख्नु नहुने बताएका छन । यसकारण सबै मिलेर यहि पुस २ गते चलचित्र प्रदर्शन गर्ने निर्णय गरेका हौँ । दर्शकहरु चलचित्र हेर्न चलत्रि हल आउँछन भन्ने आशा पनि छ उनले आफ्नो अभिव्यक्ति राख्ने क्रममा भनेका छन ।

सस्पेन्स, थ्रिलर कथामा आधारित यो चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका छन । स्वस्तिमा खड्का, अमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिक श्रेष्ठ लगायतले यो चलत्रिमा अभिनय गरेका छन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट