होम पेज » कलिउड » डिजिटल माध्यमबाट पनि रङ्गमञ्चलाई अघि बढाउन सकिन्छ – दयाहाङ राई (भिडियाे)

वैशाख ३१, २०७८ – नेपाली चलचित्र क्षेत्रमा एक छत्ता राज गरेका अभिनेता दयाहाङ राईले रङ्गमञ्चलाई पनि डिजिटल माध्यमबाट अघि बढाउन सकिने बताएका छन । विषेश गरेर दयाहाङको कलाकारिताको सुरुवात नै रङ्गकर्मबाट भएको हो । उनि चलचित्र क्षेत्रमा स्थापित कलाकारको रुपमा चिनिए पनि रङ्गकर्म भने छोडेका छैनन ।

आज शुक्रबार युट्युबमार्फत उनिद्धारा निर्देशित नाटक मितज्यु सार्वजानिक भएको छ । उनले भने आज मितज्यु र यसअघिको लकडाउनमा थिएटर मलले गरेको अनलाइन नाटक महोत्सव हेरेपछि यो नाटकलाई डिजिटल माध्यममार्फत पनि अघि बढाउन सकिने रहेछ भन्ने मलाई लागेको छ । यसैक्रममा उने थपे हरेक नाटकलाई सम्भव अहोला तर सकिने चाहिँ रहेछ भन्ने लागेको छ ।

यसरी डिजिटल माध्यममार्फत अघि बढाउँदा नाटकको मर्मको सम्मान होला र ? भन्ने सञ्चारकर्मिको जिज्ञासामा उनि भन्छन नाटकको मर्म भनेको प्रत्यक्ष मञ्चन नै हो । तर अनलाइनमार्फत पनि दर्शकलाई प्रत्यक्ष थिएटरसम्म तान्ने राम्रो साँघु भएको कुरामा अभिनेता राईले विशेष जोड दिए । बोल्ने क्रममै अभिनेता राई भन्छन अनलाइन प्लेटफर्ममार्फत धेरै अडियन्ससम्म पुग्न सकिन्छ र उनीहरुलाई थिएटर, रङ्गमञ्चको बारेमा थाहा दिएर पछि थिएटरसम्म डोहोर्याउन सकिन्छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट