होम पेज » चलचित्र » सुबिन बिस्वकर्माको सर्ट मुभी ” तिरस्कार ” सार्वजनिक (भिडियाेसहित)

अन्तरजातीय प्रेमलाई प्रोत्साहन गर्ने उदेश्य

जेष्ठ २५, २०७८ – जातीय विभेद तथा अन्तरजातीय प्रेममा आधारित सर्ट मुभी ‘तिरस्कार’ सार्वजनिक भएको छ ।

सुबिन विश्वकर्माको कथा र निर्देशन रहेको उक्त चलचित्रमा अन्तरजातीय प्रेममा आइपर्ने चुनौती तथा समाधानको बारेमा देखाउन खोजिएको छ । कथा मार्फत केही मात्रामा भएनी अन्तरजातीय प्रेमलाई प्रोत्साहन मिलोस र भेदभावको अन्त्य होस भन्ने उदेश्य लिएको बिस्वकर्मा बताउछन् ।

चलचित्र सुबिन विश्वकर्मा लुते युट्युब च्यानलबाट सार्वजनिक भएको छ । चलचित्रलाई सुरज राईले निर्माण गरेका हुन् । चलचित्रमा कला तथा संगीत क्षेत्रमा रुचि राख्ने त्यहाका स्थानीय युवाको उल्लेखनीय भुमिका रहेको छ ।

सदाबहार मिडिया प्रालिको ब्यानरमा तयार भएको चलचित्रमा गणेश राउत, मेनुका प्रधान, पल्लवी परियार, मिलन विश्वकर्मा, अवियोग राई, छबिना मगर, विक्रम कर्ण, सुरक्षा कार्की, ललिता प्रधान, सुरेश कार्कीढोली लगायतका कलाकारको मूख्य भूमिका देख्न सकिन्छ । यसलाई राकेश राइले खिचेका हुन् भने न्यु संगिता मेडिकल हल तथा सुनौलो फार्मेसी, दलित सेवा संघ उपशाखा बराहक्षेत्र, विनायक कृषि सहकारी संस्था लि., दर्पण अर्गानिक कृषि रिसर्च सेन्टर र कालिन्द्रा सामुदायिक वनको विशेष सहयोग रहेको सुबिन विश्वकर्माले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट