होम पेज » गितसङ्गित » धरानका स्थानीय युवाहरुको एजिज ब्याण्ड बचाइदेउ लिएर बजारमा (भिडियाे)

श्रावण २७, २०७८ – धरानका स्थानीय युवाहरुले स्थापना गरेको एजिज ब्याण्डको बचाइदेउ बोलको गीत सार्वजानिक गरिएको छ । एजिज ब्याण्डका ५ मेम्बरहरुले आफ्नै सृजनामा सो गीतको म्युजिक भिडियो सार्वजानिक गरेका हुन ।

विगत लामो समय देखि कभर गितहरु गर्दै आएका धराने यी युवाहरुले गत साल एजिज नाम दिएर ब्याण्डको स्थापना गरे । ब्याण्ड स्थापनको एक वर्षमै केहि गीत रेकर्ड गर्न भ्याए भने आज पहिलो पल्ट म्युजिक भिडियो पनि सार्वजानिक गरेका छन । आफ्नै ब्याण्डको युट्युव च्यानलमार्फत सार्वजानिक गरेको उक्त गीत ब्याण्ड मेम्बर मन कुमार लिम्बिु (एजिज)को रचनामा तयार पारिएको छ । उनि आफैले आवाज दिएको गीतमा ब्याण्ड मेम्बर आइमान राईले संगीत संयोजन गरेका छन ।

ब्याण्ड मेम्बरहरुको आफ्नै सृजना र लगानीमा तयार पारिएको उक्त गीतमा सन्तोष लिम्बु लिड गिटार, मनाहाङ राई बेस गिटार र प्रमोद लिम्बु ड्रममा छन । म्युजिक संयोजक तथा ब्याण्ड मेम्बर आइमानको निर्देशनमा तयार पारिएको उक्त म्यजिक भिडियोमा ब्याण्ड मेम्बर आफै फिचरमाा देखा परेका छन । अपार रेकर्डसको अडियो रेकर्डमा रहेको सो गीतको म्युजिक भिडियोलाई केएनजि स्टुडियोमा सम्पादन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट