होम पेज » गितसङ्गित » कवि विशाल नाल्बोको दिन बिताउँछु, रिक्सा कुदाउँछु बोलको गीत सार्वजानिकको तयारीमा

आश्विन ०२, २०७८ – कालिम्पोङको कवि विशाल नाल्बोको शब्दमा रहेको गीत “दिन बिताउँछु,रिक्सा कुदाउँछु”केही दिनमा ‘कुपी क्रिएसन’ युट्युब च्यानलबाट भिडियो सहित सार्वजानिक हुने भएको छ। शब्दकार विशाल नाल्बोले जिकिर गरेका छन् रिक्सा चालकको प्रेम जीवनलाई केन्द्रमा राखेर लेखिएको गीत हो यो ,यस गीतमा एकजना रिक्सावालाको प्रेमजीवनलाई देखाउने कोशिश गरिएको छ शब्दकार नाल्बोले भने।

कलाकारहरु

भिडियोको प्रमुख पात्रमा रहेको कलाकार बिष्णु मोक्तानले भने स्थानीय स्तरबाट रंगकर्ममा सक्रिय कलाकारहरुलाई खेलाएर रिक्सावाला र तरकारी ब्यापारीको कथालाई उतार्न खोजिएको गीत हो यो।‘दिन बिताउँछु रिक्सा कुदाउँछु’ बोलको गीतमा कलाकार बिष्णु मोक्तान रिक्सावाला तथा तुलसा थापाले सब्जीवालीको भुमिका निर्बाह गरेका छन्।भिडियोमा सुजाता राई अश्विन सुवेदी सन्देश दाहालको पनि बिषेश भुमिका रहेको छ।

गायक गायिका र निर्देशक

गायक कुमार प्रधान ‘कल्पित’ तथा गायिका प्रिया लामा तामाङको आवाजमा गीत तयार पारिएकाे हो । कुपी क्रिएसनको ब्यानरमा निर्माण हुन लागेको म्युजिक भिडियोको निर्देशन भने हरी ईवाहाङ लिम्बुले गरेका छन्।

छायांकन स्थल र खर्च

धरानको कृषि बजार, शुभम कृषि फर्म, धरान रंगशाला लगायतका स्थानमा म्युजिक भिडियोको छायांङ्कन गरिएको हो। अहिले म्युजिक भिडियोकाे सम्पादनकाे काम अन्तिम चरणमा रहेको छ । म्युजिक भिडियाेलाई तयार गर्न करिब २ लाख खर्च भएकाे प्रोडक्सन सम्हालेका मिलन चाम्लिङ राईले जानकारी दिएका छन्।

शब्द विशाल नाल्बो ,संगीत,कम्पोज कुमार प्रधान कल्पित, छायाँङ्कन देवराज सिग्देल, एरेन्ज सुम समीर, मिक्सिङ, मास्टरिङ तथा रेकडिष्ड कपिल सुनुवारको रहेको छ भने। म्युजिक भिडियाेको सम्पादन अनिल राणा मगरले गरेका छन्।।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट