होम पेज » गितसङ्गित » दर्शकहरुको लामो पर्खाइ पछि देम साह्रो सार्वजानिक (भिडियाे)

आश्विन ०८, २०७८ – लामो समय देखि धेरै दर्शकहरुको पर्खाइमा रहेको लेखक राजन मुकारुङको देम साह्रो बोलको गीत आज सार्वजानिक भएकाे छ ।

संगीतमा नयाँ बहस हुनु आवश्यक भएको दाबि गर्ने मुकारुङ अहिले गीत लेखनमा व्यस्त लेखकको रुपमा चिनिन्छन । उनै द्धारा लिखित देम साह्रो बोलको गीतको म्युजिक भिडियो आज युटुब मार्फत सार्वजानिक गरिएको छ । नेपाली गायन क्षेत्रमा सदाबहार चर्चाको शिखरमा रहेका गायक राजेश पायल राईको आवजमा रहेको यो गीतमा स्वयं गायकले नै संगीत भरेका छन । यसको संगीतमा गीटार, मेण्डोलिन, इलेक्ट्रिक गीटारमा सन्जि बराईली रहेका छन भने अनुप दास बेस गीटारमा रहेका छन । यस्तै बाँसुरीमा नगेन्द्र राई, सारङ्गीमा मनिष गन्दर्भ र मादलमा पोशन घर्ती मगर रहेका छन । पर्पल स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका छन भने साजन शाहले मिक्सिङ गरेका छन ।

मेगा स्टार राजेश पायल राईको एल्बम दर्शन नमस्ते ५ मा समावेश गरिएको यस गीतलाई राजेश पायल राईको अफिसियल युटुब च्यानल मार्फत सार्वजानिक गरिएको छ । किरण चाम्लिङ राईको निर्देशनमा तयार परिएको यो गीतको म्युजिक भिडियोमा राजेश पायल राई, दयाहाङ राई, विल्सन विक्रम राई, रजनी गुरुङ, बिशाल लिम्बु र सुजन राई फिचरिङमा देखा परेका छन । यस्तै गरेर कमल राईको नृत्यमा रहेको यो गीतमा सिमा गुरुङ मेकअप आर्टिस्ट रहेकी छन । बिक्रम डिसिको सिनेमेट्रोग्राफि रहेको यो गीतलाई मनोज कार्कीले भिडियो सम्पादन गरेका छन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट