होम पेज » गितसङ्गित » दिन विताउँछु रिक्सा कुदाउँछु गीतको म्युजिक भिडियो सार्वजानिक (भिडियो)

असोज १५, २०७८ –धरानको रंगमञ्चको साख जोगाउँदै आएका धराने रंगकर्मीहरु सदाबहार सक्रियरुपमा सृजनात्मक कार्य गर्दै आएका छन । समय र परिस्थितिलाई हेर्दै त्यो समयलाई रंगकर्ममा अभिनय मार्फत चित्रण गर्नु यी रंगकर्मीहरुको विषेशता हो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा प्रधानमन्त्रीको त्यो कदमको प्रतिवाद गर्दै सडक नाटक गर्ने आँटिला यी रंगकर्मीहरुले आज दिन बिताउँछु रिक्सा कुदाउँछु बोलको गीतको म्युजिक भिडियो सार्वजानिक गरेका छन । कुपि कृयशनको ब्यानरमा निर्माण गरिएको उक्त म्युजिक भिडियो जीवन जस्तै बनेको सार्वजानिक कार्यक्रमका अतिथि तथा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले बताए । विगत देखि रंगभुमी एकेडेमि सञ्चालन गर्दै आएका रंगकर्मी विष्णु मोक्तान र रंगकर्ममा ब्याक टु ब्याक अभिनयमा अब्बल ठहरिएकी तुलसा थापाले उक्त गीतलाई न्याय गरेको उनले बताए । मान्छेको वास्तविक जीवनलाई लेखन माध्यमबाट गीतकार विशाल नाल्बोले जीवन दिइएको गीतको म्युजिक भिडियो वास्तविक जीवन जस्तै नै बनेको अध्यक्ष तथा अतिथि राईले दावि गरे ।

नेपाली अभिनय जगत कोमामा पुग्ने स्थितिमा रंगकर्मीहरुले नेपाली अभिनय जगत धानेको चलचित्रकर्मी नविन मेन्याङ्बोले बताउँदै धरानको रंगकर्मीले पनि पुर्वी नेपालको अभिनय जगत धानेको बताए । सुम समिरले एरेन्ज गरेको यस गीतमा कुमार प्रधान कल्पित र प्रिया लामा तामाङले स्वर भरेका छन । अपार रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई कुमार प्रधान कल्पितले नै कम्पोज गरेका छन ।

धरानका रंगकर्मी हरि इवाहाङ लिम्बुको निर्देशनमा तयार भएको सो म्युजिक भिडियोमा तुलसा थापा, विष्णु मोक्तान, सुजता राई, अस्मिन सुवेदी र सन्देश दाहालको अभिनय रहेको छ । मिलन चाम्लिङले निर्माण गरेको यो म्युजिक भिडियोमा हरी इवाहाङको परिकल्पना रहेको छ । देवराज सिग्देलले खिचेको म्युजिक भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट