होम पेज » गितसङ्गित » राजन मुकारुङको चरा सार्वजानिक (भिडियो)

पुष १६, २०७८ – मदन पुरस्कार विजेता साहित्यकार तथा कवि राजन मुकारुङको चरा बोलको गीन आज सार्वजानिक भएको छ ।

विषेश गरेर सत्ताइतरको आवाजलाई साहित्य जगतमा स्थापित गराएका लेख मुकारुङ पछिल्लो समय गीत मार्फत समाजका यथार्थतालाई चित्रण गर्दै आएका छन । मुकारुङद्धार लिखित तथा कम्पोज गरिएको सो गीतमा मेघार स्टार राजेश पायल राई र सिता सिंघक लिम्बुले स्वर भरेका छन । पदम राजन मगरले एरेन्ज गरेको गीतलाई मुस्कान मुकारुङले मिक्सिङ गरेका हुन । सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतामा भुवन गन्दर्भ, नगेन्द्र राई, सन्जिव सुब्बा र हेमन्त कान्छा बाद्यबादकमा रहेका छन ।

आज शुक्रबार शंकमुलमा एक कार्यक्रम गरि सार्वजानित गरिएको गीतको म्युजिक भिडियोमा चर्चित अभिनेत्री एसिशा राई, चर्चित अभिनेता नाजिर हुसेन र स्वयम् गीतकार राजन मुकारुङ फिचरिङमा देखिएका छन । फेदापहाङ्मा युटुव च्यानलमा सार्वजानिक गरिएको म्युजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन । रंगकर्मी पवित्र राईको कथा तथा निर्देशनमा तयार गरिएको यो म्युजिक भिडियोमा संगीता थापा सहायक निर्देकमा छन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट