होम पेज » गितसङ्गित » येलम्बर सम्बतको छेकमा विजय वाम्बुलेको किराती हामी सार्वजानिक (भिडियाे)

पुस २३, २०७८ – किरातीहरुको यलम्बर सम्बतको छेक पारेर गायक विजय वाम्बुले राईले किराती हामी बोलको गीत सार्वजानिक गरेका छन ।

धरान स्थित ज्वाइ खानामा एक कार्यक्रमको आयोजना गर्दै सो गीताको म्युजिक भिडियो सार्वजानिक गरिएको हो । पावेल चाम्लिङ राईको एरेन्जमा तयार पारिएको सो गीतमा गायक वाम्बुलेको आफ्नै रचना, संगीत र स्वर रहेको छ । द स्काई स्टुडियोमा रेकर्ड गरिएको यो गीतको म्युजिक थिडियोको निर्देशन स्वयं गायक वाम्बुलेले गरेका छन ।

विजय वाम्बुले राई युटुब च्यानल मार्फत सार्वजानिक गरिएको यो म्युजिक भिडियोमा मनिता राई र प्रितम सम्बाहाम्फे फिचरिङमा देखिएका छन । आदम लिम्बुको सम्पादनमा तयार पारिएको सो म्यजिक भिडियोमा स्वयं आदम लिम्बु र आभास जंग माँझिीको सिनेमेट्रग्राफि रहेको छ । यसै गरेर मनिता राई को कोरियो ग्राफि रहेको म्युजिक भिडियोमा भावना साम्पाङ राई, सुप्रिया श्रेष्ठ र तृष्णा राई मेकप आर्टिस्ट रहेका छन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट