होम पेज » राष्ट्रिय » दुई चरणमा मन्त्रीमण्डल विस्तार गर्ने सत्तारुढ दलहरुको सहमत

एमसीसी सम्झौता यथास्थितिमा पारित गर्न नहुने माओवादी केन्द्रको अडान

भाद्र २४, २०७८ – सरकार गठन भएको लामो समय पछि मन्त्रिमण्डल गठनको गाँठो बल्ल फुकिएको छ । दुई चरणमा मन्त्रिमण्डल विस्तार गर्न सत्तारुढ दलहरु सहमत भएका छन ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको बैठकमाा एक–दुई दिनमै मन्त्रिमण्डल विस्तार गर्ने र केही समयपछि पूर्णता दिने सहमति भएको छ । बैठकमा सहभागी एक नेताले जनाए अनुसार एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीविरुद्ध सर्वोच्चमा रिट दायर गरेको र जसपाले निर्णय गरी नसकेकोले दुई चरणमा मन्त्रिमण्डल विस्तार गर्ने सहमति जुटेको हो । पहिलो चरणमा कांग्रेस र माओवादीबाट मन्त्र िथपिनेछन, हाल पनि कांग्रेस र माओवादी केन्द्रबाट मात्र सरकारमा सहभागीता भएको नेताले बताए ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरु सहभागी भएको बैठकमा एमसीसी सम्झौताको विषयमा पनि छलफल भएको थियो । एक नेताले जनाए अनुसार कांग्रेस एमसीसी सम्झौता पारित गरिहाल्नुपर्ने पक्षमा छ भने माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पारित गर्न नहुनेमा जोड दिदै आएको छ । उता एकीकृत समाजवादीले भने सत्तारुढ दलहरुबीचको सहमतिमा मात्रै एमसीसी सम्झौताबारे निर्णय गर्नुपर्ने बताएको छ । यसका साथै जनमोर्चा भने एमसीसी अघि बढाउनै नहुने अडान राख्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट