होम पेज » राष्ट्रिय » संखुवासभाको घटनाको आरोपमा एक युवक पक्राउ, भोली सार्वजानिक गर्ने तयारी

भाद्र २६, २०७८ – संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा भएको घटनामा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन । गत सोमबार एकै परिवारका ६ जनाको सामुहिक हत्या भएको थियो । सो घटनाको आरोपमा छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलाई अनुसन्धानको लागी गीरफ्तार गरिएको छ ।

घटनामा ज्यान गुमाएका तेजबहादुरको भतिजो पर्ने लोकबहादुरको घर भित्र रगत लागेको सर्ट र हतयामा प्रयोग भएजस्तो देखिने रड फेला परेकोले उनलाई गिरफ्तार गरेको प्रहरी श्रोतले बताएको छ । आज शनिबार विहान गीरफ्तार गरिएको कार्कीलाई प्रहरीले औपचारिक रुपमा सार्वजानिक गरेको छैन । प्रहरी श्रोतका अनुसार भोली आइताबारसम्म सार्वजानिक गर्ने तयारी गरिएको छ । आरोपित व्यक्तिको घरमा रगत लागेको सर्ट र हत्यामा प्रयोग भए जस्तो रड भेटिनु नै उनिमाथि शंका गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी श्रोतले बताए अनुसार अब उनको सर्टमा लागेको रगत र हत्या भएका व्यक्तिको डिएनए परिक्षण गरेपछि मात्रै उनको संलग्नता पुष्टि हुने छ । आरोपित व्यक्तिको बारेमा स्थानीयसँग बुझ्दा उनि मानसिक अवस्था कमजोर रहेको बुझिएको छ । उनि केहि समयदेखि औषधि सेवन गरिरहेको खुल्न आएको छ । अहिलेसम्म हत्यामा संलग्नता रहेको आरोपमा एक जना मात्रै पाइएको र घटनाको अनुसन्धान लगभक अन्तिम अवस्थामा रहेको प्रहरीको दावि छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट