होम पेज » राष्ट्रिय » संस्थापक अध्यक्षको जन्म जयन्तीको अवसरमा बराह ग्रुप रक्तदान कार्यक्रम गर्दै

आश्विन ११, २०७८ – धरानमा बराह ग्रप अफ कम्पनीले संस्थापक अध्यक्षको जन्म जयन्तीको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

यहि असोज १३ गते बुधबारका दिन संस्थापक अध्यक्ष स्वर्गीय इन्द्र कुमार लामिछाने विश्वकर्माको ६४औँ जन्म जयन्तीको अवसरमा रक्तदान जीवनदान भन्ने मुल नारालाई आत्मसाथ गर्दै रक्तदान कार्यक्रम गर्ने भएको हो । विगत देखी नै बराह ग्रुपले धरानलाई रक्तदाताहरुको शहर भनेर चिनाउने अभियानमा विभिन्न अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । सोहि अभियानलाई अगाडी बढाउने मेसोमा २०६७ साल देखि सुरु गरेको रक्तदान कार्यक्रम कार्यक्रम आयोजना गर्दै आएको बराह ग्रुप अहिले पनि निरन्तर यो अभियानमा छ । बराहले विगतमा कम्पनीको वार्षिकोत्सवको अवसरमा पनि रक्तदान कार्यक्रम आयोजना गदै आएको छ । बराह ग्रुपको २३औँ वार्षिकोत्सवको अवसरमा २०७४ सालमा १ हजार ५६ पिण्ट रगत संकलन गरेको थियो । यो संकलन नेपाल रेडक्रस सोसाइटीको रेकर्ड अनुसार पुर्वाञ्चलमै पहिलो र देशभरमै दोश्रो ठुलो परिणाममा रगत संकलन गर्न सफल भएको थियो ।

धरान ८ स्थित धनकुटे रोडमा अवस्थित बराह सपिङ कम्प्लेक्समा उक्त कार्यक्रम हुने बराह ग्रुपले जानकारि गराएको छ । सो कार्यक्रम विहान ७ बजे देखि दिउँसो १ बजे सम्म चालु हुने आयोजकले जनाएको छ । यसका साथै रक्तदाताको शहरको रुपमा धरानलाई चिनाउने अभियान अन्तर्गत नै बराह ग्रुपमा रहेका २४ वटा इकाइको आयोजनामा हरेक महिना रक्तदान कार्यक्रमको आयोजना हुने बराह ग्रुपले जानकारि दिएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट