होम पेज » राष्ट्रिय » माओवादी केन्द्रबाट मन्त्री बन्नेको नाम टुंगो लाग्यो, कांग्रेसको विवाद मन्त्रीपरिषद विस्तारमा वाधक

आश्विन २०, २०७८ – गठबन्धन सरकारको मन्त्रालय भागबण्डा सहमति भएसँगै माओवादी केन्द्रले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

नेकपा माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, महेश्वर गहतराज र शशी श्रेष्ठ तथा राज्यमन्त्रीमा बोधमाया यादव मन्त्री बन्ने भएका छन । मन्त्री बन्ने संसदको नाम टुंगो लगाए पनि मन्त्रालय कुन कुन पाउने भन्ने विषयमा भने टुंगो नलागेको स्थायी समिति सदस्य देव गुरुङले जानकारि दिएका छन । नेकपा माओवादी केन्द्रबाट गबन्धन सरकार गठन भए लगत्तै उर्जा मन्त्रीमा पम्फा भुषल र अर्थमन्त्रीमा जनार्दन शर्मा भइसकेका छन ।

यसैगरी जनता समाजवादी पार्टीको पनि मन्त्री बन्नेको नाम टुंगो लाग्नु सकेको छैन । जसपाले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेताद्धय बाबुराम भट्टराई र अशोक राईलाई दिएको छ । यसका साथै नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री बन्नेको नाम भने भोली बस्ने स्थायी समितिको बैठकले टुंगो लगाउने नेकपा एकीकृत समाजवादीका नेता बेबुराम भुषालले जानकारि दिएका छन । गठबन्धन दलबीच हिजो नेपाली कांगेसले ७, माओवादी केन्द्रले ६, जसपाले ४ र एकीकृत समाजवादीले ४ मन्त्रालय पाउने सहमति भएको थियो ।

गठबन्धन सरकारमा सहभागी ३ दलको मन्त्री बन्नेको नाम टुंगो लगाउने काम लगभक समाप्त भएता पनि नेपाली कांग्रेसको भने विवाद टुंगीएको छैन । मन्त्री परिषद विस्तार गर्न नेपाली कांग्रेस पार्टी भित्रको मतभेदले गर्दा कांग्रेसलाई मन्त्रीको नाम टुंगो लगाउन सकस भएको हो । मन्त्री परिषद गठन गर्न संस्थापन इतर पक्ष रामचन्द्र पौडेल समुहले ३ जना मन्त्री माँगेपछि सहमति जुट्न नसकेको हो । रामचन्द्र समुहले ३ जना मन्त्री माँगेपनि सभापति देउवाले दिन नसक्ने ठाडो जवाफ दिएपछि विवाद उत्कर्षमा पुगेको हो ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट