होम पेज » राष्ट्रिय » होण्डा शोरुम धरानमा स्कुटर एक्सचेन्ज गर्दा आज एक ग्राहकले पाए ५० हजार, महोत्सव असोज २३ गतेसम्म चल्ने

आश्विन २१, २०७८ – धरान ८, बरगाछी स्थित देव मोटर्स होण्डा शोरुममा भइरहेको एक्सचेन्ज महोत्वसवमा स्कुटर एक्सचेन्ज गर्दा आज एक भाग्यशालि ग्राहकले नगद ५० हजार प्राप्त गरेकी छिन ।

महोत्वसवको सातौ दिन आज धरान १७ की उर्मिला राईले स्क्रयाच कुपनबाट नगद रू ५० हजार प्राप्त गरेको मोटर्सका संचालक देवेन्द्र कुंवरले जानकारी गराए । ‘राईले डियो स्कुटर खरिद गर्दा उक्त रकम हात पारको हो ।’ उनले भने, ‘राईले २ लाख १९ हजार ९ सय पर्ने डियो स्कुटर पुरस्कारको रकम घटाएर मात्र १ लाख ६९ हजार ९ सयमा स्कुटर चढ्न सफल हुनुभएको छ ।’ बडा दशैँको अवसर पारेर असोज १५ गते देखि संचालित महोत्सव ग्राहकरहरूको अध्याधिक मागका कारण २ दिन थप गरी असोज २३ गते शनिबारसम्म संचालन हुने समेत कुंवरले बताए ।

महोत्वसमा भर्खरै बजारमा भित्रिएको होण्डा कम्पनिको १२५ सिसि ग्राजिया स्कुटर सबै भन्दा धेरै बिक्री भएको छ । होण्डा कम्पनिमा पहिले स्पोर्टस लुक भएको ११० सिसिको डियो स्कुटर मात्र भएकोमा अहिले ग्राजिया समेत रहेको कुंवरले बताए । ग्राजियामा फ्युल इन्जेक्सन प्रविधी रहेको जसको कारण तेलको बचत हुने कुंवरले जनाए । यस्तै, ग्राजियाको अन्य विशेषतामा किल स्विच, आवाज रहित सेल्फ स्टार्ट, स्ट्यान्ड सेन्सर र डिकी भन्दा बाहिर फ्युल ट्याङ्क रहेको उनले जानकारी दिए ।

महोत्वको सातौ दिन सम्ममा ५० वटा भन्दा बढी सवारी बिक्री गरिसकेको जसमा एउटा ३५० सिसिको हाइनेस मोटरसाइकल समेत बिक्री भएको कुंवरले जानकारी गराए । एक्सचेन्ज महोत्सवमा सहभागी ग्राहकहरु मध्ये नेपाल अधिराज्यभरबाट बम्परमा लक्की ड्र मार्फत १ जना भाग्यशालि ग्राहलकले १५ लाख जित्न सकिने र ७ प्रदेशमा १–१ जना ग्राहलकले जनही १–१ लाख नगद पाउने समेत उनले जनाए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट