होम पेज » राष्ट्रिय » होण्डा शोरुम धरानको एक्सचेन्ज महोत्सव असोज २६ गतेसम्म चल्ने

आश्विन २३, २०७८ – धरान ८, बरगाछी स्थित देव मोटर्स होण्डा शोरुममा भइरहेको एक्सचेन्ज महोत्वसव असोज २६ गते फुलपातीको दिन सम्म चल्ने भएको छ ।

बडा दशैँको अवसर पारेर असोज १५ गते देखि संचालित महोत्सव ग्राहकरहरूको अध्याधिक मागका कारण २ दिन थप गरी असोज २६ गते मंगलबारसम्म संचालन हुने मोटर्सका संचालक देवेन्द्र कुंवरले जानकारी गराए । ‘ग्राहकहरूले फुलपातीका दिन साइत हेरेर समेत दुई पाङ्ग्रे सवारी खरिद गर्ने भएकाले सुविधाको लागी महोत्सवको समय थप गरिएको हो ।’ उनले भने, ‘ग्राहकहरूको अत्याधिक माग र सवारी खरिद गर्नेहरूको चाप समेत बढीरहेको छ । महोत्सवको नवौ दिनसम्म आइपुग्दा हामीले सय भन्दा बढी सवारी बिक्री गरीसकेका छौ ।’

होण्डाको दुई पाङ्ग्रे सवारीको लो मेन्टनेन्स, बलियो इन्जिन, उत्कृष्ट माइलेज, उत्कृष्ट इन्जनियरिङ भएको कारण चलाउँदा आराम र रिसेल भ्यालु समेत उत्कृष्ट रहेकोले गर्दा ग्राहकहरू सन्तुष्ट रहेको कुँवरले जानकारी गराए । यस कारण अन्य ब्राण्डका दुई पाङ्ग्रे सवारी चलाइरहेको ग्राहकहरू राम्रो सवारीको खोजिमा होण्डाको एक्सचेन्ज सम्म आइपुग्ने गरेको उनले खुलाए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट