होम पेज » राष्ट्रिय » संचारकर्मीहरुलाई एक दिने सेयर लगानी सम्बन्धी अनुशिक्षण कार्यक्रम प्रदान

नमिता राई,
आश्विन २३, २०७८ – सुनसरीका संचारकर्मी हरुलाई एकदिने सेयर लगानी सम्बन्धी अनुशिक्षण कार्यक्रम प्रदान गरिएको छ।

धरान स्थित नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालय सभाहलमा साे कार्यक्रम आयाेजना गरिएकाे थियाे । नेपाल पत्रकार महासंघले आयोजना गरेको सो कार्यक्रममा सुनसरीलाई कार्यक्षत्र बनाई सञ्चारकर्ममा आवद्ध पत्रकारहरुकाे सहभागीता रहेकाे थियाे । नेपाल पत्रकार महासंघ सुनसरिका अध्यक्ष जनकऋषि राईकाे अध्यक्षतामा आयाेजित कार्यक्रममा पत्रकारहरुलाई बिमल उदासले सहजिकरण गरेका थिए।

संचारकर्मीहरुलाई शेयर बजारकाे विषयमा आधारभूत जानकारी दिने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
शेयर बजारमा थोरै लगानी गरेर धेरै नाफा कमाउन सकिने कार्यक्रमका सहजकर्ता उदासले बताए। पत्रकार हरुको आर्थिक हैसियत सुदृढ गर्नका लागि सहि ठाउँमा लगानी गर्नुपर्ने रहेको समेत उदासको भनाई थियो। नेपाल फिजिकल ट्रेनिङ एसोसिएसन धरानका अध्यक्ष पर्वत राईकाे प्रायाेजनमा साे कार्यक्रम आयाेजना गरिएकाे थियाे ।

नेपाल पत्रकार महासंघ सुनसरीकाे कार्यालय, धरानमा सम्पन्न उक्त कार्यक्रममा महासंघका सह सचिव तिर्थ कार्की, फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास राई लगायत विभिन्न संचारगृहका संचारकर्मी हरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट