होम पेज » राष्ट्रिय » नेकपा एस निकट अनेरास्ववियू सुनसरी जिल्ला कमिटीले बाढी पीडित तथा बिपन्नलाई खाद्यान्न बितरण गर्याे

आश्विन २३, २०७८ – नेकपा एस निकट अनेरास्ववियू सुनसरी जिल्ला कमिटीले धरान २० बिष्णुपादुकामा बाढी पीडित तथा बिपन्नलाई खाद्यान्न तथा स्वास्थ सामाग्री बितरण गरेको छ ।

दशैमा खानलाई समस्या भएको कुरा जानकारी प्राप्त भएपछि सामाग्रीहरु लिएर धरान २० बिष्णुपादुका स्थित पहिरो पीडित ७ परिवार र अशक्त एक परिवारलाई उक्त सामाग्री अध्यक्ष अतीत किरण नेपालको अध्यक्षतामा बितरण गरेको अनेरास्ववियु सुनसरी सचीव आशिष् प्रधानले जानकारी दिनुभयो ।

अनेरास्ववियु सुनसरीले करिब २५ हजार रुपैया बराबरको चामल, नुन, तेल, न्युट्रेला, चाउचाउ चिउरा साथै स्वास्थ्य सेवा र आधारभूत औषधि समेत उपलब्ध गराएको सचीव प्रधानले बताउनु भयो । राहत बितरण कार्यक्रममा केन्द्रीय सदस्यहरु आशिष बोहरा , किसोर कटुवाल , युवा नेता प्रकाश दाहाल लगायतको समेत उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट