होम पेज » राष्ट्रिय » धरानमा राष्ट्रिय कविता महोत्सव मंसिरमा आयोजना हुने

कार्तिक २४, २०७८ – कवि विमल गुरुङको ५० औँ जन्म जयन्ती तथा ३० औँ राष्ट्रिय कविता महोत्सवको अवसरमा धरानमा कविता प्रतियोगीता कार्यक्रम आयोजना गरिने भएको छ ।

धरान १८ स्थित विमल स्मृति पुस्तकालयमा आयोजना गरिने सो प्रतियोगीको लागी देशभरका कविहरुलाई कविता पठाउन आव्हान गरिएको छ । यहि मंसिर १९ गते आयोजना गरिने यो कार्यक्रममा पुर्व शिक्षा मन्त्री तथा साहित्यकार मोदनाथ प्रश्रिद प्रमुख अतिथिको रुपमा उपस्थिति हुने आयोजक कमिटिका सचिव गणेश प्रसाद तिमसिनाले बताए । सचिव तिमसिनाले जनाए अनुसार उक्त कविता महोत्सवमा प्रथम कविलाई २१ हजार, दोश्रोलाई १७ हजार र तेश्रो लाई ११ हजार पुरस्कारको व्यवस्था छ । यसका साथै आयोजकले एक जनालाई सान्त्वना पुरस्कार दिइने उनले बताए । सान्त्वना पुरस्कार राशि १० हजार रहेको छ ।

यस कविता महोत्सवमा सहभागी कविताको छनोटको लागी आयोजक कमिटिले ४ सदस्यी छनोट समिति समेत चयन गरेको छ । उक्त समितिमा प्रा.डा.टंक न्यौपाने संयोजक रहेका छन भने डा.भिम लिम्बु, डा.महानन्द तिम्सिना र डा.गोपाल भण्डारी सदस्य रहेका छन । आयोजकले जनाए अनुसार कविता छनोटका लागी छनोट समितिलाई कुनै पनि सर्त राखिएको छैन छनोटमा सो समिति स्वतन्त्र रहेका छन । यस महोत्सवमा सहभागी हुनको लागी देशभरका कविहरुले मंसिर १५ भित्र कविता पठाइ सक्नु पर्ने आयोजकले बताए । कविहरुले सहभागीताको लागी २ सय शब्द नबढाई bimalgur2078@gmail.com मा पठाउनु पर्नेछ ।

सबै खाले विधाको कविताले यो महात्सवमा भाग लिन पाउने आयोजकले बताए । सहभागी कविताबाट छनोट समितिले उत्कृष्ट १० कविता तयार गर्नेछन । उक्त छनोट १० कविताका कविहरु कार्यक्रमको दिन स्वयं उपस्थिति अनिवार्य हुनुपर्ने आयोजकको भनाइ छ । आयोजक समितिका सचिव तिमसिना बताउँछन उत्कृष्ट १० कविहरु मध्य कोही उपस्थिति नभएको खण्डमा त्यो कविता महोत्सवमा सहभागी नभएको बुझिने छ ।

यस पटक पनि गत सयमको कार्यक्रम जस्तै २१ जना लेखक, पत्रकार, सहित्यकार, कलाकार र राजनितिज्ञहरुलाई सम्मान गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट