होम पेज » राष्ट्रिय » आठपहरियाले पनि जातिको महलमा राई नै लेख्ने

कार्तिक २८, २०७८ – यस पटकको जनगणनामा आठपहरिया राईहरुले जातिको महलमा राई लेख्ने भएका छन ।

किरात राई अन्तर्गतको विभिन्न पाछाका समुदायले जातिको महलमा राई नलेख्ने भन्ने विषयले चरम रुप लिएको बेला आठपहरियाले राई लेख्ने भएका छन । आठपहरियाको जातिय संगठन किरात आठपहरिया राई टाकनुङले जातिको महलमा राई लेख्न र लेखाउन अभियान नै सञ्चालन गरेको छ । टाकनुङले यस विषयमा विभिन्न आठपहरिया समुदायको बसोबास भएको विभिन्न क्षेत्रमा अन्तक्रिया कार्यक्रम गर्दै जातिको महलमा राई लेख्न र लेखाउन जागरण गर्दै हिँडेको थियो ।

किरात राई अन्तर्गत रहेका विभिन्न पाछागत समुदायमा राई हो हैन भन्ने विषयमा व्यापक विवाद छ । किरात राई भन्दै आएका याम्फु, कुलुङ, मेवाहाङ र आठपहरियाले पछिल्लो समय राई नभएको दावि गर्दै आएका छन । याम्फु, मेवाहाङ र कुलुङले भने जातिको महलमा मेवाहाङ, याम्फु र कुलुङ नै लेख्ने निर्णय गरेका छन भने आठपहरियामा भने विभाजित देखिएको छ । किरात आठपहरिया राई टाकनुङले जातिको महलमा राई लेखे पनि उता किरात आठपहरिया समाजले भने जातिको आठपहरिया नै लेख्ने भएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट