होम पेज » राष्ट्रिय » गुरुकुल प्रतिष्ठान द्धारा देउसीको रकमले आश्रमलाई खाद्यन्न

विकास चाम्लिङ राई,
मंसिर ०२, २०७८ – धरान १३ अमरहाट स्थित गुरुकुल प्रतिष्ठान, धरानले देउसि खेलेर उठेको रकमले धरान ३मा रहेको सरस्वति वाल आश्रमलाई खाद्यन्न सहयोग गरेका छन ।

प्रतिष्ठानले मंगलवार आश्रममा नै पुगेर विस हजार रुपैया वरावरको खाद्यन्न आश्रमका महासचिव मनिष खड्किलाई हस्तान्तरणको गरेका थिए । प्रतिष्ठान द्धारा दुईसय केजि चामल, एक कार्टुन तेल, २० केजि दाल, २० केजि चिनि, २० केजि आलु, १० केजि प्याज र नुन प्रदान गरिएको प्रतिष्ठानका सचिव सुमन राईले जानकारी गराए ।

गुरुकुल प्रतिष्ठान दुव्र्यसनि सुधार तथा उपचार केन्द्र हो । हाल केन्द्रमा २५ जना उपचार तथा सुधारका लागि रहेको सचिव राईले जनाए । चाडवाडको वेला केन्द्रका सदस्यहरुलाई सामाजिक कार्यमा सहभागिता गराउनको लागि अभियानको साथ देउसि खेलिएको राईले वताए । प्रतिष्ठानले केन्द्रका सदस्यहरुलाई यसरी नै विभिन्न सामाजिककार्यमा सहभागिता गराइ युवा तथा नागरिकको सामाजिक उतmरदायीत्वको विषयमा व्यवहारिक रुपमा वुझाउने कार्य गर्दै आइरहेको प्रतिष्ठानले जनाए ।

खाद्यन्न हस्तान्तरणको क्रममा आश्रमका महासचिव खड्कीले प्रतिष्ठान परिवारलाई सहयोगका लागि धन्यवाद दिएका थिए । धन्यवाद दिने क्रममा आश्रमको कुनैपनि विदेशि सहयोग दाता वा संस्था नरहेको र यसरि नै धरानका सहयोगि मनभएकाहरुले व्यक्तिगत तथा संस्थागत रुपमा गरेको सहयोगले आश्रम चलिरहेको वताए । हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष मौसम राई, सदस्य सविन राई, आश्रमका वालवालिका लगायतको उपस्थिति रहेको थियो ।
तस्विरः विकास चाम्लिङ राई,

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट