होम पेज » राष्ट्रिय » आजदेखि निर्वाचन आचारसंहिता लागु हुने

पुस २६, २०७८ – माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि निर्वाचन आचार संहिता लागु हुने भएको छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोजले आजदेखि आचारसंहिता लागु गरेको छ ।

आयोगले प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचन आचार संहिताको पुर्णरुपमा पालना गर्न गराउन सारोकारवालाहरुलाई निर्देशन दिएको छ । आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानुनी तथा नैतिक दायित्व भएको भन्दै आयोगले विज्ञप्तीमा उल्लेख गरेको छ । यदि उल्लंघन भएको खण्डमा कानुनी कारबाही हुने विज्ञप्ती मार्फत आयोगले जानकारि गराएको छ । आचारसंहिता लागू भएपछि कुनै पनि पार्टी वा उम्मेदवारलाई भोट माग्न पाइँदैन । आचारस संहिता सरकार, सरकारका मन्त्री कर्मचारी, राजनीतिक दल, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पर्यवेक्षक, सरकारी अर्धसरकारी र निजी संघसंस्था लगायतमा लागु हुने आयोगले जनाएको छ ।

आयोगले निर्वाचनका लागी मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली आइतबार प्रकाशन र चुनाव चिन्ह प्रदान गरेको थियो । हिजो आइतबार जारि गरिएको विज्ञप्ती अनुसार संघ र प्रदेश सरकारका मन्त्री र कर्मचारी, स्थानीय तहका पदाधिकारी र कर्मचारी लाई आचारसंहिता लागु हुनेछ । सरकारी तथा अर्धसरकारी संस्थाका कार्यालय तथा कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरी कार्यालय तथा सुरक्षाकर्मीलाई पनि आचारसंहिता लागु हुनेछ । निर्वाचनको काममा संलग्त कर्मचारी र राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठनलाई समेत आचारसंहिता लागु हुने भएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट