होम पेज » राष्ट्रिय » धरानमा आज देखि माघ १५ सम्म विद्यालय बन्द

पुस २७, २०७८ – धरानमा आज देखि माघ १५ गते सम्म विद्यालयहरु बन्द गर्न धरान उपमहानगरपालिकाले आव्हान गरेको छ ।

हिजो धरान उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाले यस विषयमा सुचना जारि गर्दै जानकारि गराएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका आधारभुत तथा माध्यमिक विद्यालयहरु बार्षिक विदामा मिलान हुनेगरी विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयको सुचनालाई आधार मानि उपमहानगरपालिकाले विद्यालय बन्द गर्न अनुरोध गरेको हो ।

जारि सुचनामा उल्लेख भए अनुसार विद्यालय बन्द भएको समयमा सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीको सिकाईमा सहजीकरण गर्न समेत आग्रह गरेको छ । यसै गरेर विद्यालय बन्दको समयमा खोप कार्यमा विद्यार्थीलाई गर्न र गराउन समेत विज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट