होम पेज » राष्ट्रिय » पर्यटनमन्त्री प्रेमबहादुर आले चढेको गाडी निजि गाडिँग ठक्कर खाएर दुर्घटना

पुस २७, २०७८ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले चढेको गाडी दुर्घटनामा परेको छ ।

आज महेन्द्रनगरमा आयोजित कार्यक्रमको लागि मन्त्री आले धनगढी विमानस्थलबाट जाने क्रममा गाडी मोहनपुरमा दुर्घटना भएको हो । मन्त्री आले चढेको सुदुरपश्चिम प्रदेश–०१–००१  झ ३३३ नम्बरको गाडी र विपरित दिशाबाट आएको बा४च १३७७ नम्बरको गाडी ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटना हुँदा निजि नम्बरको गाडीका चालक सामान्य घाइते भएका छन् भने अन्य सवार सबै सकुशल रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारिले बताए अनुसार उक्त दुर्घटनामा गाडीमा क्षती पुगे पनि मन्त्री आले शकुसल छन । आफ्नो गाडी दुर्घटनामा परेपछि आले अर्को गाडी चढेर महेन्द्रनगर गएका छन् ।  ठक्कर दिने कारका चालक पवन कठायलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट