होम पेज » राष्ट्रिय » खानेपानी बोर्डको हिसाबकिताब अन्य सदस्यलाई दिन मेयर साम्पाङले रोक लगाए

पुष ०१, २०७९ – नेपाल खानेपानी बोर्ड धरानको हिसाबकिताब अन्य सदस्यलाई दिनबाट मेयर तथा बोर्डका अध्यक्ष हर्क साम्पाङले रोक लगाएका छन ।

करिब २ महिनाबाट रोकीएको कार्यपालिकाको बैठकमा पुन सुचारु हुन सकेको छैन । कार्यपालिका बैठक चलिरहेको बेला मेयरद्धारा पेश भएको प्रस्तावमाथि मत प्रस्तुत गरिरहेका एक कार्यापालिका सदस्यलाई मेयर साम्पाङले बाहिर जानु भनेपछि कार्यपालिका बैठक भाँडिएको हो । वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले मेयरले उक्त शब्दलाई फिर्ता लिएर कार्यपालिका बैठक बस्ने वातावरण तयार गर्नु भन्दा मेयरले आत्मालोचना नगर्ने भनेपछि बैठक बस्न नसकेको हो ।

यसै गरि खानेपानी बोर्डको पनि बैठक बस्न नसकेको उनिहरुको भनाई थियो । कार्यपालिका प्रवक्ता तथा धरान १७ का वडाध्यक्ष सुर्यबहादुर भट्टराईले भने खानेपानी बोर्डको हाल सम्म बैठक बोलाइएको छैन । मेयरले सञ्चारमाध्यममा खानेपानी सुधारको सवालमा बोर्डको बजेट नचलेको र अनुदानबाट उक्त कार्य भइरहेको बताए पनि उनिहरुको भनाई भने बोर्डको बैठक विना नै बजेट चलाइएको छ ।

यसै विषयमा आज खानेपानी बोर्डको हिसाव किताब सार्वजानिक गर्ने भनिए पनि नगरपालिकाका लेखा प्रमुखले हिसावकिताब नदिएको बोर्डका सदस्य भट्टराई बताए । उक्त विषयमा लेखा प्रमुख भेषराज अधिकारीसँग सम्पर्क गर्दा मेयरले बोर्डको हिसावकिताव दिन रोक लगाएको बताए । उनले भने मेयर साबले अलिक दिनमा म आफै सार्वजानिक गर्छु अन्यलाई हिसाबकिताब नदिनु भन्नु भएको छ । उक्त हिसावकिताव नपाएपछि आज भनिएको पत्रकार सम्मेलन हुन सकेन ।

बोर्डको बैठक नबसी बोर्डको बजेट चलाउनु नपाईने तर विना बैठक नै बजेट चलाइएको प्रवक्ता भट्टराईले बताए । आफुहरुसँग प्रमाण भएको बताउँदै बोर्डको हिसावकिताव सार्वजानिक गर्ने उनले बताए । उनले भने बोर्डको बजेट चलाएको छैन भन्ने अभिव्यक्ति मिथ्या हो ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु