होम पेज » राष्ट्रिय » पत्रकार महासंघ सुनसरीको कार्यालयमा शोक पुस्तिका

माघ ०२, २०७९ – अवतरणको क्रममा हिजो पोखरामा भएको एती एयरलाईन्सको जहाज दुर्घटनामा परि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलको निधन भएकोमा महासंघले आज सोमवार देखि १३ दिन सम्म शोक मनाउँदै छ ।

महासंघका केन्द्रिय, प्रदेश, जिल्ला सबै कार्यालयहरु बन्द गरी १३ दिन सम्म शोक सभा बाहेक अन्य कुनै पनि औपाचारिक कार्यक्रम नगरी शोक मनाउने भएको हो । तेह्र दिन सम्म महासंघको कार्यालयमा शोक पुस्तिका राखिने निर्णय गरेअनुसार सुनसरीमा पनि शोक पुस्तिका राखिएको छ । धरान १३ अमरहाट स्थित पत्रकार महासंघ सुनसरीको कार्यालयमा शोक पुस्तिका आज सोमवारबाट राखिएको छ ।

जहाज दुर्घटनामा दिवंगत भएका महासंघ केन्द्रिय सदस्य ३७ वर्षीय पौडेल पोखराबाट प्रकाशित हुने हटलाईन दैनिकका प्रकाशक÷सम्पादक थिए । उनले अन्नपुर्ण एफएम र नेपाल टेलिभिजनमा पनि पत्रकारिता गरेका थिए । उनि हाल प्रेस सेन्टर नेपालको पनि केन्द्रिय उपाध्यक्ष थिए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु