होम पेज » राष्ट्रिय » नेपाल वायुसेवा निगम सुधार्न बाघको घोडा चढ्ने आँट गर्छु : पर्यटनमन्त्री किराती

माघ ०३, २०७९ – पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम सुधार गर्ने प्रतिवद्धता जाहेर गरेका छन।

मंगलबार पर्यटन मन्त्रालयमा पदबहाली गर्दै उनले तीब्र गतिमा वायुसेवा निगमको सुधारमा अगाडि बढाउने बताए । वायुसेवा निगमको सुधार बाघको घोडा चढ्नु जस्तै भएको बताउँदै उनले भने म त्यो आँट गर्नेछु ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने ‘निगमको सुधार बाघको घोडा चढ्नु जस्तै हो, तर, म त्यो आँट गर्छु,’ उनले भने, ‘सुधारबारे छलफल अघि बढाउँछौं । विज्ञ, मन्त्रालय र जनतासँग समन्वय गरेर यसबारे निर्णय पनि लिन्छौं ।’

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु