होम पेज » राष्ट्रिय » धरान ४ स्थित शेर्गेमा बुद्धमुर्ति स्थापना, गुम्बा पनि निर्माण

माघ ०४, २०७९ – सोनाम ल्शोछारको अवसर पारेर धरान ४ स्थित तामाङ नाम्सा शेर्गेमा बुद्धमुर्ति स्थापना गरिनुका साथै गुम्बा निर्माण गरिएको छ ।

तामाङहरुको सघन बस्ती भएको शेर्गेमा पहिलो पटक बुद्धमुर्ति प्रतिस्थापन र ट्रष्टको गुम्वा निर्माण गरिएको हो । २८५९औँ सोनाम ल्होछारको अवसर पारेर उक्त मुर्ति अनावरण गरिएको थियो । नेपाल तामाङ घेदुङ संघका केन्द्रिय सल्लाहकार सुजेन्द्र गोले तामाङको संयोजकत्वमा बुद्धमुर्ति र गुम्बा निर्माण कार्यको समुद्घाटन गरिएको थियो । उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ संघका बरिष्ठ केन्द्रिय उपाध्यक्ष तथा नेपाल आदिवासी जनजाती महासंघका केन्द्रिय उप–महासचिव रामकृष्ण ब्लोन तामाङ प्रमुख अतिथि रहेका थिए ।

सोनाम ल्होछार शुभकामना आदान प्रदान तथा बुद्धमुर्ति प्रतिस्थापन समारोहको अवसरमा विभिन्न तहमा निर्वाचित जनप्रतिनिधि र जग्गादातालाई सम्मान गरिएको थियो । जुन अवसरमा प्रदेश नं. १ का नवनिर्वाचित प्रदेशसभा सदस्य ममता योञ्जन तामाङ, धरान ४ नं. वडा सदस्य मिना घिसिङ तामाङ र जग्गादाता रामबहादुर÷फुलमाया तामाङलाई कार्यक्रमका प्रमुख अतिथि ब्लोन, घेदुङ प्रदेश १ का अध्यक्ष रेखबहादुर घिसिङ र कार्यक्रम संयोजक सुजेन्द्र गोलेले सम्मान पत्र र खदाले सम्मान गरेका थिए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु