होम पेज » राष्ट्रिय » येले सम्बत मनाउँदै किरात राई पत्रकार जनप्रतिनिधिसँग (भिडियो)

माघ ०६, २०७९ – किरात राई पत्रकार संघ सुनसरीले यले सम्बत ५०८३ को अवसरमा राई समुदायका जनप्रतिनिधिहरुलाई सांस्कृतिक सामग्री धजुरी वाबु प्रदान गर्दै शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

किराती नयाँ वर्षको अवसरमा जिल्लाभरका राई समुदायका प्रतिनिधिहरुलाई सांस्कृतिक उपहार प्रदान गरिने संघका अध्यक्ष वसन्त बान्तवा राईले बताए । संघले आज शुक्रबार धरानका मेयर हर्क साम्पाङलाई राई जातीको पहिचानको प्रतिनिधित्व गर्ने धजुरी र वाबु लगाएर अभियानको थलानी गरेका थिए । संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यो अभियानको थलानी गरेको अध्यक्ष बान्तवाले बताए ।

मेयर साम्पाङ लगायत धरान १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण र धरान ४ का वडाध्यक्ष धनबहादुर राईलाई मेयरको कार्यकक्षमा पुगी संघले उक्त सामग्री लगाइदिएका थिए । संघका अध्यक्ष बान्तवासँगै केन्द्रिय उपाध्यक्ष विशाल राई, संघका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले उक्त सामग्री लगाइदिएका थिए ।

मेयर साम्पाङले सांस्कृतिक पहिचानको प्रतिनिधित्व गर्ने मायाको चिनो पाउँदा खुशी लागेको बताउँदै राष्ट्रियता मौलिकतामा नै हुने भन्दै सबैले मौलिक संस्कृति जोगाउनुपर्ने बताए । यसैगरि वडाध्यक्षद्धयले पनि सांस्कृतिक प्रतिविम्व झल्किने मायाको चिनो पाउँदा आफुलाई गौरव लागेको बताए । यसैगरि संघले उपमेयर अइन्द्रविक्रम बेघालाई पनि उक्त सामग्री प्रदान गरेको थियो । उपमेयर बेघाले किरात सभ्यताको सांस्कृतिक प्रतिक पाउँदा आफुले पनि किरात सभ्याता बोकेको अनुभुति गरेको बताए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु