फागुन १९, २०७९ – पशुपतिको रक्षाका लागि राज्यले सेवा, सुविधा दिएर राखेको रक्षकबाट नै असुरक्षित हुन्छ भने क्षमा नदिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताएका छन् ।
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको अवसरमा आयोजना गरेको मेला तोकिएको समय अवधिभन्दा बढी लगाइएको गुनासो आएको छ । सात दिन सम्मका लागि ठेक्का लगाइएको मेला १८ दिनसम्म सञ्चालन हुने मौखिक सहमति भएको चर्चा छ । सोही विषयमा सञ्चारकर्मीले जिज्ञासा राखेपछि पर्यटनमन्त्री किराले सो कुरा बताएका हुन् ।
ठेक्का सम्झौता भन्दा बढी मेला सञ्चालन भइरहेको सूचना आएपछि पर्यटन मन्त्रालयले छानविन समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव राजेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा छानविन समिति गठन गरिएको हो ।
तीन सदस्य रहेको छानविन समितिको सदस्यमा मन्त्रालयका उपसचिव अर्जुन राई र अधिकृत जयन्ती श्रेष्ठ रहेका छन् । समितिलाई ७ दिनभित्र सत्यतथ्य छानविन गरि प्रतिवेदनका लागि समय दिइएको छ ।
