फागुन २०, २०७९ – धरानमा केहि छैन हैन धरानमा के छैन ? भन्ने दृष्टिकोणले हेर्नुपर्ने संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताए ।
धरानमा आयोजित धरान एक्स्पोको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले धरानलाई पर्यटनको हब बनाउन ठुलो परिवर्तन गर्नु नपर्ने बताए । धरान पर्यटकीय हब बनाउने भाषण धेरै भएपनि व्यवहारिक रुपले भने पर्यटकीय हब बनाउन नकसेको गुनासो गर्दै मन्त्री किरातीले धरानको धेरै गर्न सकिने बताए । उनले पुर्ववक्तहरुको कुरालाई इंगीत गर्दै अब धरानको पर्यटनलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए । उनले बताए धरानले धरानको मात्र हैन धरान आसपासको पर्यटकीय थलोको सौन्दर्य बेच्न सक्नुपर्छ यो सम्भावना पनि रहेको बताए । धरान भित्र मात्र सोँच्ने हैन धरान बाहिर धरानसँग जोडिएको पर्यटकीय थलोको प्रवद्र्धन गर्दै धरानको पर्यटनलाई विकास गर्न सकिने बताए ।
धरानको विभिन्न धार्मिक तथा ऐतिहाँसीक पर्यटनको प्रचुर सम्भावना देखिने मन्त्री कीरातीले बताए । उनले धरानले खोटाङको हलेसी देखि पाथिभरा मन्दिर सम्मको धार्मिक पर्यटनको फाइदा लिन सकिने उनले बताए । उनले धरानले धार्मिक सर्किटको विकास गर्दा पनि नेपालको नमुना धार्मिक पर्यटनको रुपमा चिनाउन सक्ने उनले बताए । यसैगरि उनले भने विश्वको तेश्रो उत्कृष्ट र्याफ्टिङको स्पटको रुपमा चिनिएको तमोर नदिबाट पनि धरानको पर्यटनलाई विकास गर्न सकिने उनले बताए ।
काठ्माण्डौबाट माउण्टेण्ड फ्लाइट गरेर ताप्लेजुङ सुकेटारमा पुगेको पर्यटकलाई कावेली हुँदै चतरा सम्मको र्याफ्टिङ गराएर धरान ल्याउन सकिने पनि बताए । उनले भने जल यातायातको लागी चतरा देखि टुम्लिङ्टार मनकामना सम्मको रुटको अध्ययनको थलानी गरिएको छ । योसँगै चतरा हुँदै हलेसी सम्मको जलयात्राको लागी पनि अध्ययन सुरु गरिएको मन्त्री किरातीले बताए ।
नेपालको पर्यटन विकासको लागी सबै भन्दा पहिले नेपाली रैथाने उत्पादनलाई बजारिकरण गर्नुपर्ने मन्त्री किरातीले बताए । उनले भने पर्यटक बस्ने होटलमा हाम्रो खानाको परिकार बेच्नु पर्छ तर विदेशी मेनुको कारण नेपाली रैथाने उत्पादनले बजार नपाएको बिडम्बना उनले बताए । उनले भने ठुला ठुला कुरा भन्दा पनि हामिले सामान्य कुरामा सुधार गरेर पर्यटनको विकास गर्नुपर्ने बताए । सामाजिक विकास सँगै संस्कृती र संस्कारको विकास गर्न आवश्यक रहेको उनले बताए ।
विकासको ठुलो कुरा गरेर मात्र केहि हुँदैन सबैभन्दा पहिला धरानको भानुचौकमा रहेको सार्वजानिक शौचालयलाई स्मार्ट शौचालयमा विकास गर्नु पर्यो । शौचालयलाई स्मार्ट बनाएर मात्र सहरलाई स्मार्ट बनाउन सकिने उनले बताए । उक्त सार्वजानिक शौचालयलाई सफा बनाएर उदाहरीणीय बनाएर अन्य क्षेत्रका जनप्रतिनिधि आउँदा पनि उदाहरण यो शौचालयलाई बनाउन सक्ने बनाउनु पर्ने बताए । उनले भने हामिले पर्यटनको विकास गर्नु पहिले संस्कृतिको विकास गर्नु पर्छ । हामिले आफ्नो ठाउँ सफा राख्ने संस्कृतिको विकास बसाउन सके मात्र पनि पर्यटनमा निकै फड्को मार्ने उनको भनाई थियो ।