होम पेज » राष्ट्रिय » भोजपुरको समृद्धिलाई जोड्ने उदयपुर मैनामैनी भोजपुर चुहार पुलको निरिक्षण गरे मन्त्री कीरातीले (भिडियो)

फागुन २१, २०७९ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफ्नो गृह जिल्ला भोजपुर र उदयपुर मैनामैनि जोड्ने चुहार पुलको निरिक्षण गरेका छन ।

लामो समय देखि अलपत्र परेको निर्माणाधिन अवस्थामा रहेको उक्त पुल निर्माण ढिलासुस्ती भएको भन्दै मन्त्री किराती आज विहान निरिक्षणमा पुगेका हुन । उनले भने लामो समय देखि अलपत्र र चरम जनगुनासो आएको योजना भएकोले पनि यो पुल छिटो निर्माण गर्नकोलागी निरिक्षण गरिएको हो । उनले भने अब ठेकेदारले पाएको समयावधि पनि पुरा भएर १ वर्ष थपिएको रहेछ, यो वर्ष भित्र यो पुल निर्माण गर्न सम्बन्धित विभागलाई निर्देशन दिन्छु र निर्माण कम्पनीसँग सम्पर्क भएको छ भोली नै भेटेर निर्माणमा तिव्रता दिन दवाव दिनेछु ।

कालिका कन्ट्रक्सन कम्पनीले ठेक्का पारि निर्माण सम्पन्नको समयावधि सकिदा पनि निर्माण नसक्दा १ वर्ष समय थपिएको छ । यो कन्स्ट्रक्सन कम्पनी पुर्व शहरी विकास मन्त्री तथा राप्रपा नेपालका नेता विक्रम पाण्डेको हो । यो कम्पनीलाई पटक पटक निर्माण सम्पन्न गर्न सडक पुर्वाधार विभागले पत्र पठाउँदा पनि वेवास्ता गरेको विभागका प्रमुख जीतेन्द्र कर्णको भनाई छ । आज भन्दा ११ दिन पहिले हप्तादिन भित्र निर्माण कार्य सुचारु गर्ने भन्दै प्रतिवद्धता पनि उक्त कम्पनीले गरेको थियो । प्रतिवद्धता गरेदेखि उक्त कम्पनी विभाग सँग सम्पर्क विहिन भएको विभागका इन्जिनियरले बताए ।

पुल निर्माणको लागी बजेट भने अपुग भएको होइन । बजेट निर्माण सम्पन्न गर्न पुग्छ तर ठेकेदार कम्पनीले नै लापरवाही गरेको विभागको भनाई छ । बजेट अभावले हैन ठेकेदारकै लापरवाहिले यो पुन निर्माणमा ढिला भएको विभाग प्रमुखले बताए । भोजपुरको अर्थतन्त्रसँग जोडिएको यो पुल कुनै पनि हालतमो यो वर्ष भित्र निर्माण सम्पन्न हुनुपर्ने मन्त्री किरातीले बताए । यो पुल भोजपुरको लाइफलाइन भएको समेत उनले उल्लेख गरे । यसैगरि यो पुल निर्माणसँगै भोजपुरको समृद्धि पनि यो योजनासँग जोडिएको मन्त्री किरातीले बताए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु