होम पेज » राष्ट्रिय » संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य मोक्तान सम्मानित

फागुन २७, २०७९ – धरानमा तामाङ बौद्धिक समाजले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य प्राज्ञ विष्णु मोक्तानलाई सम्मान गरेको छ ।

नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको संगीत तथा नाट्य प्रतिष्ठानको प्रज्ञा सभा सदस्यमा विष्णु मोक्तान चयन भएका थिए । संस्थाका अध्यक्ष सुदिप पाख्रीनले खदा लगाई सम्मान गरिएको थियो भने सल्लाहकार हर्क प्रसाद लामाले सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार लामा र अध्यक्ष पाख्रीनले शुभकामना तथा बधाई व्यक्त गरेका थिए । आमन्त्रित अतिथि पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले पनि आफ्नो भनाई राख्दै सम्मानित प्राज्ञ मोक्तानलाई शुभकामना व्यक्त गरेका थिए । तामाङ समुदायले प्राज्ञ पाएको छ नेपाल सरकारले चिनेको व्यक्तिलाई तामाङ समुदायले पनि चिनेको महसुस गरेको अध्यक्ष राईले बताए । यसै गरि अर्का आमन्त्रित अतिथि सञ्चारकर्मी सञ्जय याक्खाले पनि उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । सञ्चारकर्मी याक्खाले सम्मानित व्यक्ति प्राज्ञ भएपछि पहिलो पटक सम्मान भएको बताउँदै उनलाई सम्मानको सुरुवात भएको पनि उनले बताए ।

नेपाल सरकारले विश्वास गरेर दिएको जिम्मेवारी वहन गर्न उर्जा मिलेको सम्मानित व्यक्ति प्राज्ञ मोक्तानले बताए । उनले भने यो सम्मान मेरो लागी अझ ठुलो जिम्मेवारीसँगै आफ्नो भुमिका निर्वाह गर्न उर्जा समेत थपेको बताउँदै सम्मान गर्ने संस्थालाई धन्यवाद व्यक्त गरेका थिए । यसै क्रममा उनले अब नाट्य क्षेत्रमा गर्न धेरै काम छन त्यो कामसँगै आफ्नो संस्कृति क्षेत्रमा पनि आफ्नो उपस्थिति रहने उनले बताए । प्राज्ञ बन्न भन्दा पनि प्राज्ञको भुमिका निर्वाह गर्नु ठुलो कुरा रहेको बताउँदै संस्थाको पनि साथको अपेक्षा गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु