होम पेज » राष्ट्रिय » नेपाल तरूण दलकाे खाद्यन्न वितरण अभियानमा फ्रान्सबाट सहयाेग

तरहरा स्थाइ घर भएका फ्रान्स बसाेबास गर्दै आएका लिम्बु दम्पतीले पाँच कुइन्टल खाद्यन्न सहयाेग

जेष्ठ २७, २०७८ – नेपाल तरुण दल सुनसरीको खाद्यन्न बितरण अभियानमा फ्रान्समा बसाेवास गर्दै आएका जीवन लिम्बू र रुकमणी लिम्बू द्वारा पाँच कुइन्टल चामल उपलब्ध गराइएका छन् ।

नेपाल तरुण दल सुनसरीले बिगत एक महिना देखि ज्याला मजदुरी गरेर जिविकाे पार्जन गर्नेहरु भाेकले मर्ने अवस्था नआआेस भनी खाद्यन्न सामाग्री बितरण अभियान सुरु गरेकाे थियाे । तरुण दल सुनसरीले गरेकाे अभियानमा खुसी हुदै तरहरा स्थाइ बसिन्दा तथा हाल फ्रान्सलाइ कार्यक्षेत्र बनाएका लिम्बू दम्पतीले पाच कुइटल चामल उपलब्ध गराएको तरुण दल जिल्ला सभापति सिजन गुरुङले बताए । काेभिड १९ काे नयाँ भेरियन्ट सुनसरीमा तिब्र रुपमा फैलिए पछि सुनसरी प्रशासन निषेधाज्ञा जारी गरे पछि राेग सँगसगै भाेकले पनि ज्यान जाने अवस्था आउने जाेखिमलाइ मध्यनजर गर्दै तरुण दल सुनसरीले जेठ दुई गते बाट खाद्यन्न बितरण अभियान सुरु गरेकाे हाे ।

आसपासकाे बिपन्न बर्गका मानिसहरुलाई घरमानै खाद्यन्न लिन आउन र लिन आउन नसक्नेहरुलाई घरमानै पुर्‍याउने काम तरुण दलले गर्दैगरेकाे थियाे । तरूण दलकाे साे कार्य देखेर फ्रान्समा बसाेबास गर्दै आएका रुकमणी र जीवन लिम्बूले खाद्यन्न सहयोग गरेका छन । याे सहयाेगकाे लागी तरुण दल सुनसरीले धन्यवाद ब्यक्त गरेकाे सभापति गुरुङले जाकारि गराए । तरुण दल सुनसरीले बितेका बर्षहरुमा पनि बिपदमा परेकाहरुलाई आवस्यक सहयाेग गर्दै आएकाे छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट